कोरोना संक्रमणबाट पोखरामा दुईको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नं. ६ कि एक महिलासहित आज गण्डकी प्रदेशमा दुइ जनाका मृत्यु भएको छ । ८२ वर्षकी ती महिलाको बिहीबार बेलुका चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

त्यस्तै स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं. ५ का ६२ वर्षिय पुरुषको पनि कोरोना संक्रमणका कारण आज ज्यान गएको छ । उनको बिहीबार राती १२ मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय २३ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...