होम आइसोलेसनमा नै छन् पोखराका धेरै संक्रमितहरु

पोखरा/देशमा नै कोरोना संक्रमण दर बढ्दै गर्दा कास्कीमा पनि संक्रमितहरुको संख्या बढिरहेको छ । कास्कीको पनि मुख्य त पोखरा महानगरभित्र करिव ८० प्रतिशत संक्रमितहरु रहँदै आएका छन । पोखरामा भएका अधिकांश संक्रमितहरु यतिबेला होम आइसोलेसनमा नै रहेको पोखरा महानगरका स्वास्थ्य अधिकृत अर्जुन बहादुर क्षेत्रीले जानाकारी दिए ।

संक्रमण दर बढ्दै गर्दा पोखरा महानगरको तयारी के छ त भन्ने प्रश्नमा अधिकृत भण्डारीले भने ,‘हामीले गण्डकी अस्पतालसँग सहकार्यमा अक्सिन प्लानसहितको केहि आइसोलेसन वार्डहरुको निर्माण गरिरहेका छौँ । सबैले देखिने गरि रिजल्ट केहि दिनमा देखिने छ । अहिले पोखरामा अन्तजस्तो उपचार नपाएर ज्यान गुमाउनुपर्ने अबस्था छैन। गण्डकी अस्पतालका अलवा पनि केहि निजि अस्पतालसँग महानगरले समन्वय गरिरहेको छ । ’


पोखरामा गण्डकी अस्पतालसँगै सरुवारोग संक्रामक अस्पताल , चरक मेमोरियल अस्पताल,गण्डकी मेडिकल कलेज र मणिपाल अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुँदै आएको छ ।

कोरोना संक्रमितहरु उपाचारका लागि अस्पतालको अवस्था कस्तो छ भने हामीले बुझ्दा गण्डकी अस्पतालका निर्देशक अर्जुन आचार्यले भने ‘अहिलेसम्म जटिल अवस्थाको संक्रमितले उपचार नपाउने अवस्था छैन । हामीले पनि महानगरसँग सहकार्यगरेर थप आइसोलेसन वार्डहरु निर्माण गरिरहेका छौँ । अझै जटिल अवस्थाका केहि बिरामीहरु आए भने पनि हामी उपचार गराउन सक्छौँ तर अहिले नयाँ पोर्टगल अनुसार पाजेटिभ देखिएका सबै अस्पताल आउन जरुरी छैन । अहिलेको नै कुरा गर्नुहुन्छ भने धरै कोरोना संक्रमितहरु होम आइसोलेसनमा छन् । त्यो उहाँहरुको लागि पनि र सरकारको लागि पनि राम्रो कुरा हो । जटिल अवस्था नभएका बिरामीहरु अस्पतालको बेडसम्म आएनन भने जटिल अवस्था भएका बिरामीहरुलाई सहजै उपचार गर्न सकिन्छ । ’

पछिल्लो समय पोखरामा संक्रिय संक्रमितको संख्या नौ सय कटेको छ ।

कमेन्टहरु
Loading...