एयरपोर्ट टोल विकास संस्थामा रुपा

माघ १०,पोखरा/एयरपोर्ट टोल विकास संस्थाको अध्यक्षमा दोश्रो पटकपनि रुपा बराल निर्वाचित भएकि छन् । संस्थाको शुक्रबार सम्पन्न नवौ साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेशकुमारी शर्मा,सचिवमा गंगाकुमारी अर्याल, कोषाध्यक्षमा कमला श्रेष्ठ तथा सह–सचिवमा सावित्री घिमिरेलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा मिनबहादुर भुजेल, देवीमाया पोख्रेल, मञ्जु शाही, सिर्जना ढकाल, पुण्यप्रभा सुवेदी, सुकमाया जिसि, अमृत पौडेल र बोलमाया परिवार चयन भएका छन् ।
यसअघि वडा नम्वर ८ समन्वय समितिका अध्यक्ष शारदा गिरीले अधिवेशनको उद्घाटन गरेकि थिइन् । कार्यक्रममा बोल्दै विशेष अतिथि आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले सामाजिक एकतामा जोड दिएकी थिइन् । समुहका सचिव गंगाकुमारी अर्यालले कार्यक्रम सञ्चालन तथा उपाध्यक्ष गणेशकुमारी शर्माले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...