पोखरा, १० माघ। वेलनन एकेडेमी निजी तथा संस्थागत विद्यालय स·ठन (युनिप्स) नेपालको आयोजनामा पोखरामा जारी दोस्रो युनिप्स स्पोर्टस् मिट –२०७० को च्याम्पियन बन्न सफल भएको छ। शुक्रबार सम्पन्न खेलपछि एथलेटिक्स जुनियरतर्फ प्रथम हुँदै ३०, सिनियरतर्फ द्वितीय हुँदै ३१ अड्ढसहित समग्रमा ८९ अड्ढ जोड्दै वेलनन एकेडेमी दोस्रो युनिप्स स्पोर्टस् मिट–२०७० को च्याम्पियन बन्न सफल भएको हो।
च्याम्पियन बनेको उसले रनिङशिल्डसहित च्याम्पियन ट्रफी हात पा¥यो। प्रतियोगितामा एथलेटिक्स सिनियरतर्फ प्रथम हुँदै ४९ अड्ढ जोडेको डिफेण्डिङ च्याम्पियन एलएञ्जल स्कुलले समग्रमा ६७ अड्ढ जोड्दै द्वितीय स्थानमा चित्त बुझयाो। एथलेटिक्स जुनियरतर्फ तृतीय हुँदै २० अड्ढ जोडेको स्मल हेभन स्कुल समग्रमा ५३ अड्ढ हात पार्दै तृतीय भयो भने एथलेटिक्स जुनियरतर्फ द्वितीय हुँदै २३, सिनियरतर्फ चौथो हुँदै २५ अड्ढ जोडेको कालिका सेकेण्डरी बोर्डिङ स्कुल कािलका समग्रमा ४८ अड्ढसहित चौथो भयो।
एथलेटिक्सतर्फ शुक्रबार सम्पन्न एक सय मिटर जुनियर छात्र दौडमा वेलननएकेडेमीका जीवन पुन प्रथम, एकता सेकेण्डरी बोर्डिङ स्कुलका बुद्ध विक द्वितीय, स्मुल हेभनका ओमन गुरुङ तृतीय र होलीएञ्जल स्कुलका विपिन गुरुङ चौथो भए। दुई सय मिटर सिनियर छात्रतर्फ एकताका बुद्ध विक प्रथम, एलउञ्जलका रबिन तामाङ द्वितीय, कालिकाका अमर नेपाली तृतीय र होलीएञ्जलका दिनेश नेपाली चौथो भए।४ह१०० मिटर रिले जुनियर छात्रतर्फ वेलनन एकेडेमी प्रथम, स्मल हेभन द्वितीय, माउण्ट हेभन तृतीय र वेस्टर्न भिलेज स्कुल चौथो भए। छात्रातर्फ कालिका स्कुल प्रथम, वेलनन एकेडेमी द्वितीय, वेस्टर्न भिलेज स्कुल तृतीय र स्मल हेभन स्कुल चौथो भए। सिनियर छात्रतर्फ एलएञ्जल प्रथम, एकता स्कुल द्वितीय, वेलनन एकेडेमी तृतीय र स्मल हेभन चोथो भए।
छात्रातर्फ एलएञ्जल प्रथम, वीरेन्द्र मेमोरियल द्वितीय, वेलनन एकेडेमी तृतीय र एकता स्कुल चौथो भए।एथलेटिक्सतर्फ एकता सेकेण्डरी बोर्डिङ स्कुलका प्रमोद पौडेल उत्कृष्ट खेलाडी घोषित भए।छात्र भलिबलमा स्मल हेभनका मिलन थापा, छात्रा भलिबलमा होलीएञ्जल स्कुलकी पुष्पा गुरुङ र छात्र फुटबलम वेलनन एकेडेमीका सविन बस्नेत उत्कृष्ट खेलाडी घोषित हुँदै मेडल प्राप्त गरे।
विजेता तथा उपविजेता विद्यालय र खेलाडीलाई युनिप्स नेपालका अध्यक्ष ध्रुव गिरी, उपाध्यक्ष यामप्रसाद पौडेललगायतले ट्रफी वितरण गरेका थिए भने मूल समितिअन्तर्गत विभिन्न उपसमितिमा रहेर सहयोग पु¥याउनेहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।युनिप्स नेपालका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विश्वराज खनाल र खेलकुद उपसमितिका सदस्य शिवहरि सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। चार दिनसम्म सञ्चालित प्रतियोगितामा २५ विद्यालयको सहभागिता रहेको थियो।