पोखरा । पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीहरुबीच झगडा हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।
क्याम्पसमा अध्ययनरत दुई विद्यार्थी राम अधिकारी र प्रभात लामिछाने घाइते भएका छन् ।
माधव नेपाल पक्ष अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस अध्यक्ष सन्तोष न्यौपाने र जिल्ला अध्यक्ष बज्रराज अधिकारी विज्ञप्ती निकालेर केपी ओली समुहले आफ्ना विद्यार्थी माथी कुटपीट गरेको र कुटपीटमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
बिएससी सिएस आइटी अध्ययनरत विद्यार्थीहरुले फि मा छुट्, लाइबेरीको उचित व्यवस्थापन, अनलाइन क्लासका विषयमा क्याम्पस प्रशासन समक्ष लगातार माग गरिरहेको सन्दर्भमा माग पुरा नभएपछि तालाबन्दी गर्ने क्रममा केपी ओली समुहका विद्यार्थीहरुले आक्रमण गरेको विज्ञप्तीमा उल्लेख छ ।
घाइते विद्यार्थीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।