लोकराज भण्डारी
स्याङ्जा, ९ माघ /नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा स्याङ्जाको लापरबाहीका कारण पुतलीबजार नगरपालिका–११ का स्थानीयवासी विगत ८ महिनादेखि अध्यारोमा बस्न बाध्य भएका छन् । टान्समिटरमा समस्या आउदा प्राधिकरण समयमै मर्मत नगरिदिदा उनीहरु अध्यारोमा बस्न बाध्य भएका हुन् । टान्समिटर मर्मतका लागि प्राधिरणमा निवेदन दिएपनि कुनै सुनुवाई नगरेको बताइएको छ । गएको जेठदेखि टान्समिटरमा समस्या आएपछि छहरीखोला, टिम्मबुरबोट, बाहु“नडा“डा, कार्कीडा“डा र ढोडटोल करिब ८० धरपरिवार अध्यारोमा बस्न बाध्य छन् ।“विद्युत उपभोग नगरि मिटर जडान गरेपछि तिर्नुपर्ने न्यूनतम रकम मासिक रुपमा तिर्दै आएका छौं ।” स्थानीय युवा क्लवका अध्यक्ष हरि रानाले भने, “प्राधिकरणको लापरबाहीले विद्युत उपभोग नगर्दा समेत अनावश्यक रकम तिर्नु पर्ने भएको छ ।” विगत लामो समयदेखि विद्युत नआउ“दा स्थानीय आक्रोशित भएका छन् । स्थानीयका अनुसार टान्समिटर मर्मत गर्नुपर्ने प्राधिकरणले समस्या सम्बोधन नगरेर आफूहरुको मागलाई वेवास्ता गरेको छ । वेवास्तालाई निरन्तरता दिएमा धैर्यता धेरै दिन नरहने स्थानीयले बताए ।
ट्रान्समिटर कम गुणस्तरको राख्दा समस्या भएको भन्दै स्थानियले पटक पटक विद्युत् कार्यालयमा निवेदन दिदा समेत सुनुवाई हुन नसकेको स्थानियले बताए । पटक–पटक मर्मतका लागि कर्मचारी पठाएपनि स्थायी समाधान आउन नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार टान्समिटर मर्मतका लागि लाखौ रुपैया“ खर्च हुन्छ तर कार्यालयस“ग यथेष्ट बजेट छैन् । आर्थिक अभावले समस्या समाधान हुन नसकेको कार्यालयले जनाएको छ ।