तनहुँ र गोरखाका १/१ जनाको कोरोना संक्रमणबाट निधन

पोखरा । पोखरामा १ सहित गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार पोखरामा १ सहित गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

पछिल्लो पटक पोखरामा तनहुँमा संक्रमितले ज्यान गुमाएका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ मा ८३ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मेडिप्लस अस्पताल पोखरामा सोमबार राति ११ बजेर २० मिनेट जाँदा ज्यान गएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गोरखामा समेत १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ५ की ६७ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा आज ज्यान गएको हो । उनलाई हिजो सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय १७ पुगेको छ ।

कमेन्टहरु
Loading...