काठमाडौ, ९ माघ/आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले काठमाडौको टुँडिखेलमा विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् ।
‘जनतासंग चिकित्सक’ नाम दिएर चिकित्सकहरूले विरामीको स्वास्थ्य जाँच्न सुरू गरेको चिकित्सक संघले जानकारी दिएको छ । सर्वोच्च अदालतले स्वास्थ्य सेवा सुचारु गर्न आदेश दिएपनि आकस्मिक सेवामात्र सुचारु गरेका चिकित्सकहरुले बिहीवार काठमाण्डौको टुँडिखेलमा विरामीको स्वास्थ्य जाँच सुरू गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. शशि शर्मालाई बर्खास्त गरेपनि केसीले तीनबुँदे माग पूरा नभएको भन्दै अनसन तोड्न अस्विकार गरेका छन् ।