एथलेटिक्स संघ कास्कीमा पुन ः खेम गुरुङ्ग

माघ ८,पोखरा/नेपाल एथलेटिक्स संघ कास्कीको अध्यक्षमा खेम गुरुङ्ग निर्विरोध निर्वाचित भएका छन् । कास्कीमा रहेका एथलेटिक्सका पूर्व खेलाडीहरुको भेलाले गुरुङ्गको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नेत्रलाल भण्डारी, उपाध्यक्षमा हरिबहादुर थापा, महासचिवमा गजबहादुर गुरुङ्ग, सह–सचिवमा रामबहादुर ढकाल तथा कोषाध्यक्षमा विश्व तण्डुकार चयन भएका छन् ।समितिको सदस्यहरुमा नारायणी गुरुङ्ग ( थापा ),एभान रञ्जित, विश्वनाथ भण्डारी, सेतम राज गुरुङ्ग, जिवन बाटाजु र राजुकुमारी घर्ती रहेका छन् । कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
यसअघि खेम गुरुङ्गनै अध्यक्ष रहेको कार्यसमिति विघटन गरि आउँदो चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । दुईसाता अघि नेपाल ओलम्पिक कमिति र नेपाल एम्योचर एथलेटिक्स संघ मर्ज भएपछि कास्कीमा पनि नयाँ समिति गठन गरिएको हो ।

यसैविच समितिले प्रथम लुम्बिनी च्याम्पियनशिप तथा ३९ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिई फर्किएको छ । प्रतियोगितामा सैनिक महाविद्यालयका विनोद गुरुङ्गले ४ सय मिटर दौडमा तृतीय तथा ८ सय मिटर दौडमा द्धितिय स्थान प्राप्त गरे भने टप्सका ऋषिसरा थापाले शटफुटमा द्धितिय र सोही विद्यालयका विमला चौधरीले १ सय मिटर दौड र लम्पजम्पमा तृतीय स्थान हाँसिल गरेको टिम व्यवस्थापक गजबहादुर गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...