जनसिद्ध निमाविको ३९ औं बार्षिकोत्सव

पोखरा, ८ माघ/जनसिद्ध निमावि भदौरे तामागि–४ हर्पनको ३९ औं बार्षिकोत्सव उत्सव बुधबार सम्पन्न भयो । बार्षिकोत्सवको उद्घाटन गर्दै कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेलले बिद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षकले बढि जोड दिनुपर्ने र अभिभावकले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए ।उनले बिद्यालयको भौतिक पूर्वाधार विकासको लागि जिशिकाले ध्यान दिने बताउँदै शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने बताए । कार्यक्रममा सिद्ध बराह उमाबिका अध्यक्ष भेषराज पराजुली, स्रोत ठाकुरप्रसाद पराजुली, क्षेत्रिय बन कार्यालका उपसचिव केदारनाथ पौडेल, बिद्यालयका संस्थापक अध्यक्ष मेघनाथ पौडेल, सल्लाहकार बावुराम पौडेल, भानुभक्त पराजुली, गाबिसका पूर्व उपाध्यक्ष हरीभक्त पौडेल, निलगगन विकास समाजका अध्यक्ष युवराज पौडेल, बिद्यालय कोष निर्माण समितिका संयोजक रमेशराज पौडेल, बिद्यालयका अक्षकोष दाता भरतमणि पराजुली, बिद्यालका प्रअ श्रीरपति अधिकारी, शिक्षकहरु कमल पराजुली र लेखबहादुर क्षत्रीले बोलेका थिए ।

कमेन्टहरु
Loading...