पोखरा, ८ माघ /नगर बसको ठक्करले पोखराको नयाँ बजारमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पृथ्वीचोकबाट महेन्द्रपुलतर्फ जादै गरेको गरेको ग १ ख १९७१ नम्बरको बसको ठक्करबाट काभ्रे १ साठीघरका ४० वर्षिय पुर्ण परियारको मृत्यु भएको हो ।मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । परियार पोखरा १७ छोरेपाटनमा आफ्ना छोरा बुहारीसहित सिलाई कटाई व्यवसायमा संलग्न थिए । परियारलाई ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।
