अखिल नेपाल संघ संस्था श्रमिक संघ सिंचाई मुल इकाइ कमिटीले आन्दोलनलाई सशक्त बनाउने

कास्कीका चारवटै हाइड्रोपावर पूर्ण रुपमा बन्द हुने
पोखरा ७ माघ/पश्चिमाञ्चल क्षेत्रिय सिंचाई निर्देशनालय पोखरा , पश्चिमाञ्चल सिंचाई बिकास डिभिजन नं २ स्याङ्गजा अन्तर्गतका साइडहरुमा कार्यरत कर्मचारी तथा मजदुरहरुले आफुहरुको माग प्रति ध्यानाकर्षण गराउनका लागी सशक्त आन्दोलन गर्ने भएका छन । बिगत लामो समयदेखि आफुहरुको मागलाई अगाडी सार्दै आन्दोलनमा उत्रेको कर्मचारी तथा मजदुर हरुको साझा संगठन अखिल नेपाल संघ ंसस्था श्रमिक संघ सिंचाई, मुल इकाई कमिटी कास्कीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनलाई सशक्त वनाउने वताएका हुन ।

hidoपत्रकार सम्मेलनमा वोल्दै कमिटीका संयोजक विपिन पौडेलले पुसको २२ गते देखि चरणवद्ध आन्दोलनमा उत्रेको भएतापनि कुनै सुनुवाई नगरेको भन्दै बुधवारदेखि सशक्त आन्दोलनमा उत्रने वताए । नेपाल सरकारले २०७० जेठ २६ गते राजपत्रमा प्रकाशित गरेको निजामति कर्मचारीको तलब बृद्धि अनुसार ज्याला बृद्धि गर्नुपर्ने नियम जारी गरेको भएतापनि उल्टै त्यसो नगरी आफुहरुको मागलाई समेत बेवास्था गरिएकाले आन्दोलनलाई सशक्त वनाउने उनको भनाइ रहेको थियो ।

कमिटीले कामको शिलशिलामा घाइते भइ उपचार गराइरहेका बिपिन पौडेलको सम्पूर्ण उपचार खर्चको ब्यवस्था गर्नुपर्ने, कामकै शिलशिलामा मृत्यू भएका लोक बहादुर गुरुङको परिवारलाई क्षतिपुर्ति र राहत स्वरुप रकम उपलब्ध गर्नुपर्ने, सम्पूर्ण मजदुरहरुको दुर्घटना बिमा न्युनतम १० लाख वराबरको हुनुपर्ने,वर्षौ देखि काम गर्दै आइरहेका मजदुरहरुलाई स्थाई नियुक्ति र उपदानको ब्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखी आन्दोलन गर्दै आइरहेको वताउदै संयोजक पौडेलले बुधबारदेखि पोखरा र स्याङजा अन्तर्गत पर्ने सम्पूर्ण सिंचाइ नहरको पानी थुन्ने र काम नगरी पश्चिमाञ्चल क्षेत्रिय सिचाई निर्देशनालयमा विहान १० बजेदेखि ५ बजे सम्म धर्ना दिने वताए ।

आन्दोलनका क्रममा सिंचाइ नहर बन्द गर्दा कास्कीमा संचालन भइरहेका चारवटा हाइड्रो पावरहरु पूर्ण रुपमा प्रभावित बन्ने भएका छनभने कुनैपनि सिचाइका कामहरु सम्पन्न हुने छैनन । श्रमिकहरुको आन्दोलनले कास्कीको फेवा, बेगनास, बिजयपुर र सेती हाईड्रोपावर बन्द हुनेछ । आन्दोलनरत मजदुरहरुले आफुहरुले ३१ वर्षदेखि काम गर्दै आइरहेको भएतापनि सरकारले कुनै सुविधा प्रदान नगरेको गुनासो गरेका छन । हाल ४० जना मजदुरहरु कार्यरत छन ।

कमेन्टहरु
Loading...