फागुन १ देखि पोखरामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा, ७ माघ। कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी फागुन १ देखि ३ गतेसम्म पोखरा रड्डशालामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कास्कीमा ४३ वटा गाविस रहेका छन्।सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा मड्डलबार बसेको नियमित बैठकले सो निर्णय गरेको हो। प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ३० हजार, द्वितीय हुने टीमलाई नगद २० हजार तथा तृतीय हुने टीमलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लेयर, बेस्ट स्पाइकर र बेस्ट लिÇटरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ।

बैठकले प्रतियोगिताको संयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनलाई चयन गरेको छ। बचत रकमबाट जिल्ला भलिबल सङ्घको कार्यालय स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा करिब तीन लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए।

कमेन्टहरु
Loading...