डा शशी शर्माको नियुक्ति निस्क्रिय पार्न रेग्मीको निर्देशन

काठमाडौ, ७ माघ /मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा डा. शशी शर्माको नियुक्ति निश्कृय गर्न निर्देशन दिएका छन् ।

शिक्षण अस्पतालका आन्दोलरत डाक्टरहरुले सामूहिक राजीनामा दिएपछि त्रिविका कुलपतिको हैसियतले उपकुलपति हिराबहादुर महर्जनलाई ध्यानाकर्षण पत्र लेखेर २४ घण्टाभित्र शर्माको नियुक्ति निश्कृय बनाउन निर्देशन दिएका हुन् । ‘

तत्काल निर्णय नलिने हो भने आमरण अनशनमा बसेका प्रा. डा। गोविन्द केसीको जीवन खतरामा पर्ने भएकाले शर्माको नियुक्ति कार्यान्वयनको स्थिति जे जस्तो अवस्थामा भएपनि तत्काल निश्कृय राख्नु’– रेग्मीको निर्देशनमा भनिएको छ ।

कमेन्टहरु
Loading...