निशुल्क दन्त शिविरमा १२ सयले परीक्षण

स्याङ्गजा, ७ माघ/स्याङ्गजा जिल्लाको बहाकोट गा.वि.स.मा हिमाल डेण्टल हस्पिटल काठमाण्डौंको प्राविधिक सहयोगमा निशुल्क दन्त परीक्षण तथा उपचार शिविरमा करिब १२ सयले दन्त परीक्षण गरेका छन् । स्थानीय क्रान्ति दीप युवा क्लब बहाकोट ३ भञ्ज्याङ्ग र अराउण्ड गुड पिपुल्स संस्थाको संयुक्त आयोजनामा भएको सो शिविरमा छिमेकी गा.वि.स.हरु कोल्मा, ओरष्टे, राङ्गभाङ्ग, ठूलाडिही लगायतका गा.वि.स.हरुबाट उपचारका लागी आएका थिए ।

नौ दिन सम्म सञ्चालन भएको शिविरमा अपेक्षा गरिए भन्दा बढीको सहभागिता रहेको आयोजकको दावी छ । परीक्षणमा आउने अधिकांस व्यक्तिहरुमा दाँतको जटील समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । शिविरमा सहभागीहरुलाई निशुल्क दाँतको परीक्षण, उपचार, दाँत माभ्mने विधि र दाँतलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा सचेतनामूलक प्रशिक्षण समेत दिएको थियो ।

कमेन्टहरु
Loading...