चैत १ मा मिस नेवा ११३४ प्रतियोगिता हुने

पोखरा, ६ माघ /नेवा खल ः कास्कीको आयोजनामा पोखरामा यहि चैत्र १ गते राष्ट्रियस्तरको मिस नेवा ११३४ प्रतियोगिता हुने भएको छ । मिस नेवा ः पोखरा नेपाल मुल आयोजक समितिले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

मिस नेवा ११३४ प्रतियोगिताको बारेमा जानकारी दिदै
मिस नेवा ११३४ प्रतियोगिताको बारेमा जानकारी दिदै

नेवार जातीका युवा महिलालाई प्रतियोगितामार्फत जातिय संस्कृती र परम्पराबारे जानकारी गराउँदै उनिहरुलाई यसको संरक्षणमा अभिप्रेरित गर्नुका साथै ब्यतिmत्व तथा नेतृत्वलाई उजागर गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको मुल संयोजक प्रदिप रंजितले जानकारी दिनुभयो । प्रतियोगितामा मिस नेवा हुनेले रु ४० हजार , फस्ट रनर अपले रु २५ हजार र सेकेण्ड रनर अप हुनेले रु १५ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा बेस्ट स्माईल, बेस्ट फोटोजेनिक , बेस्ट भिउअर च्वाईस लगायतका ६ विद्याका शिर्षक राखि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन १७ वर्ष पुरा भई २२ वर्ष ननाघेको, उचाई कम्तिमा ५ फिट र शैक्षिक योग्यता न्युनतम प्रवेशिका पास भएकालाई समावेश गराईने प्रतियोगिताका उपसंयोजक विक्रम उदासले जानकारी दिनुभयो । २०६७ देखी सुरु भएको मिस नेवाको ताज हालसम्म निकिता श्रेष्ठ, रश्मीता नकर्मी र सुमना बज्रचार्यले पहिरिसकेका छन् ।

कमेन्टहरु
Loading...