बाढी आएमा तल्लो क्षेत्रमा समयमै खबर गछौं–स्थानीय बासि

पुस १३, कास्की/सेतीनदीको माथिल्लो मुहान नजिकै माछापुच्छ’ गाविसको करुवामा बिहिबार विपद व्याबस्थापन सम्बन्धि छलफल सम्पन्न भएको छ । एक्सएण्ड नेपाल र प्राक्टिकल एक्सन नेपाल कास्की स्थीत सांझेदारी संस्था कम्युनिटि सपोर्ट गु्रप र सिद्धार्थ क्लबद्धारा संयुक्त रुपमा संचालीत विपद उत्थानशिल परियाजनाको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा सहभागिहरुले विपद व्याबस्थापन गर्न सेतीनदीको जोखिम क्षेत्रमा रहेका मानव बस्तीहरु एक आपसमा सम्पर्कमा रहनु पर्ने बताउदै सेतीनदीका मुहानमा बसेका व्यतिmहरुले बाढी आएको खण्डमा तल्लो क्षेत्रमा रहेका व्यतिहरुलाई मोवाईलबाट खबर गर्न आग्रह गरेका छन । करुवा, सादल, कवुचे लगायतका स्थानीयबासिहरुले सेतीनदीमा कुनै पनि समयमा मानव बस्तीलाई क्षेति पुराउने गरी बाढी आएमा आफुहरुले तल्लो क्षेत्रमा रहेका व्यतिmहरुलाई खबर गर्ने वचन दिएका छन ।

विपद व्याबस्थापनशिल समुदाय निमार्ण परियोजनाकी कार्यक्रम संयोजक कमला रिमाल, पोखरा संयोजक वासना सापकोटा, जिविको पार्जन अधिकृत बुद्धि पौड्याल, विपद व्याबसथापन प्रगतीटोलका सचिव विकास नन्द, स्थानीय चोकबहादुर गुरुङ, पत्रकार दिननाथ बराल लगायतले ठाँउ–ठाँउमा सेतीनदीले जोखिम पार्ने व्यतिmहरु एक आपसमा समन्वयनात्मक भुमिका हुनु पर्ने यसमा सरकारले सेतीनदी किनारामा सुचना दिने यन्त्र (साईरन) जडान गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

विपद व्याबस्थापन गर्ने उद्धेश्यले पोखरा क्षेत्रमा गठन भएका बिभिन्न समितिका पदाधिकारीहरुको बिहिबार सेतीनदीको हुमान क्षेत्रमा अध्ययन प्रभण तथा परिचाय कार्यक्रम समेत सम्पन्न भएको लक्ष्मण तिमिल्सिनाले बताउनु भयो ।

कमेन्टहरु
Loading...