पोखरा, ३ माघ । इण्डियन आयडल प्रशान्त तामाङ लगायतका चर्चित गायक÷गायिकाले सांङ्गितिक प्रस्तुती मार्फत शनिवार पोखरा रगशाला तताउने भएका छन् । ल्होसारको अवसरमा बैदाम तामाङ समाजले पोखरा रंगशालामा आयोजना गर्ने ल्होसार म्यूजिक फेष्टिबल – २०१४ मा उनीहरु प्रस्तुत हुन लागेका हुन् ।
कार्यक्रममा सहभागि हुनका लागि इण्डियन आयडल प्रशान्त तामाङ सहित चर्चित व्याण्ड मन्त्र र चर्चित गायक÷गायिका आस्था राउत, अमेरिकी गायिका तेन्जिङ डोल्मा, गायक आसुसेन लामा शुक्रबार नै पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गायिका आस्था राउतले पहिलो पटक पोखरामा आफुलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताईन् ।
निवार मैले पोखरालाई तताउन सक्ने छु भन्ने विश्वास लिएकी छु उनले भनिन् – पोखरेलीहरुबाट पनि साथ पाउँने आशा गरेकी छु । गायक आसुसेन लामाले पोख्रेली शुभेच्छुकहरुबाट आफुले दरिलो साथ पाउँने र खुलेर प्रस्तुती राख्ने बताएका छन् । अमेरिकी गायिका तेन्जिङ डोल्मा पनि पहिलो पटक पोखरामा प्रस्तुत हुदैछन् । चर्चित मन्त्र व्याण्डका भास्कर देवान, प्रज्ञा लामा र दिवाष्कर क्षत्रीले आफुहरुले सदैव पोखराबाट रेस्पोन्स पाएको बताउँदै यसपटकको प्रस्तुतीका लागि आफुहरु निकै उत्साहित भएको बताए। गायिक÷गायिकाहरुले आफ्ना शुभेच्छुकहरुलाई शनिवार पोखरा रंगशालामा आउँन पनि आव्हान गरेका छन् ।
सो कार्यक्रममा पोखरेली व्याण्ड डि–मोर्चाको प्रस्तुती सहित ल्होसार सम्बन्धि सांस्कृतिक कार्यक्रममा दर्शकहरु रमाउन पाउँने छन् । यसैवीच, फेष्टिबलको सम्पुर्ण तयारी पुरा भएको आयोजक बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । सम्पुर्ण तयारी पुरा भैसकेको छ, गायक÷गायिका पनि पोखरा आइसक्नु भएको छ तामाङले भने – कार्यक्रममा सहभागितालाई सवैलाई अनुरोध गर्दछु। ल्होसार संस्कृतिको संरक्षण एवं पोखरा खहरेस्थित तामाङ शान्ति गुम्वा निर्माणका लागि अर्थ संकलन गर्ने उदेश्यले फेष्टिबल आयोजना गर्न लागिएको हो ।
झण्डै १५ हजार दर्शक सहभागि हुने र कार्यक्रमबाट गुम्बा निर्माणका लागि झण्डै १५ लाख बचत हुने विश्वास आयोजकको छ । बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव कृष्णवीर लामाले गरेका थिए ।