यूथ क्रियशन थिएटरले दुई दिने अभिनय कार्यशाला गर्ने

पोखरा, २ माघ/पोखरामा नाट्य सँस्कृतिको विकास गर्ने उद्देश्यसाथ स्थापित यूथ क्रियशन थिएटरले कलाकार उत्पादनका लागि दुई दिने अभिनय कार्यशाला आयोजना गर्ने भएको छ । माघको पहिलो शुक्रबार र शनिबार कार्यशाला चल्ने थिएटरले जनाएको छ । थिएटरले यसअघि ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ र ‘कवितामा नाटक’ मञ्चन गरिसकेको छ ।

‘पोखरामा कलाकार बन्न चाहने युवापुस्ताको चाहनालाई मध्यनजर गर्दै हामीले अभिनय कार्यशालाको आयोजना गर्न लागेका हौँ ।’ थिएटरका अध्यक्ष कपिल शर्मा ‘संजोग’ले भने–‘यसले नाटकसँगै फिल्म अभिनयमा पनि उत्तिकै सहयोग गर्नेछ ।’ कार्यशालामा सहभागि हुनेहरुलाई थिएटरले केहि समयभित्रै गर्न लागेको अर्को नाटक ‘पुलिस र प्यास’मा अभिनय गर्नका लागि मौका पनि दिईने उनले जानकारी दिए ।

दुई दिन कार्यशालामा करिब ३० जनाले सहभागिता जनाउने आयोजकको अनुमान छ । पोखरा र काठमाण्डौका नाट्यकर्मीहरुले अभिनयसम्बन्धि प्रशिक्षण दिनेछन् । थिएटरका सचिव सौगात पोखरेलले दिएको जानकारी अनुसार दुई दिने अभिनय कार्यशालामा नाट्यकर्मी सरुभक्त, कृष्ण उदासी, माओत्से गुरुङ, महेश भाजु, पुरु लम्साल लगाएतले सहभागीहरुलाई सिकाउनेछन् । अभिनय सिक्न र यस सम्बन्धि जानकारी राख्न चाहनेहरुका लागि सिट अझै खाली भएको थिएटरले जनाएको छ । विहिबार साँझसम्म थिएटरमा प्रशिक्षण लिन चाहनेहरुले सम्पर्क गर्न सक्ने आयोजकले बताएको छ ।

कमेन्टहरु
Loading...