पोखरा, २ माघ /एकदिवसीय विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाल सामु स्कटल्याण्डले २ सय ५० रनको चुनौति प्रस्तु गरेको छ । नेपाली समयअनुसार विहिबार विहान न्यूजिल्याण्डको क्विन्सटाउन इभेन्ट सेन्टरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याणडले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४९ रन जोड्न सफल भएको थियो ।
स्कटल्याण्डलार्इ सम्मानजनक अवस्थामा पुर्याउन कोल्मायनको अविजित ६४ रन जोड्न सफल भए । स्कटल्याण्डका लागि क्यालुमले ४६ रन बनाए । उसका अन्य ३ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै पवेलियन फर्किए ।
नियमित कप्तान पारस खड्का र नियमित ओपनर सुवाश खकुरेल विनै मैदानमा उत्रेको नेपालका लागि सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ३५ रन खर्चेर ३ विकेट लिए भने १० ओभर बलिङ गरेर ३८ रन खर्चेका सागर पुनले २ विकेट । शक्ति गौचन र बसन्त रेग्मीले समान एक एक विकेट लिए । नेपालका लागि महंगा सावित जितेन्द्र मुखियाले ८ ओभर बलिङ गर्दै ६१ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् ।