अस्पतालबाटै ९ दिनको शिशु चोरिय पछि

कपिलबस्तु, २ माघ/विवाहको २० वर्षपछि जन्माएको पहिलो सन्तान अस्पतालबाटै चोरिएको छ । बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा जब यो घटना भयो, आमा बाबु नै अचेत भए । लामो समयपछि बल्ल होस त खुल्यो, अवस्था सम्झाइनसक्नु छ । कपिलबस्तुको वीरपुर–६, कुदरबेटवाका सज्नु भन्ने परमात्मा रैदासको ९ दिनको नवजात छोरा मंगलबार अराह्न साढे ४ बजे अस्पतालबाट चोरी भएको हो ।शल्यक्रिया गरेर छोरा जन्मिएपछि पति–पत्नी टाँका काट्न मंगलबार अस्पताल गएका थिए । पत्निी टाँका कटाउने लाइनमा बसेका बेला पति शौचालय गए । त्यही बेला एक महिला आएर ‘कति राम्रो बच्चा’ भन्दै खोलाउँछु भनेर लिएर गइन् । त्यसपछि महिला र शिशु दुवै फेला नपरेको ३६ वर्षीया आमा रामरतीले बताइन् आज प्रकाशित कान्तिपुरमा खबर छ ।

शिशु हराएपछि उनीहरुले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी लगेर खोज्दा पनि बुधबार साँझसम्म भेटिएको छैन । शिशु चोरी हुँदा आमा भावविह्वल छिन् । चिन्ताले बेहोस भएपछि उनको बुधबारमात्र घाउका टाँका काटिएको छ । लामो समयपछि जन्मिएको छोरो हराएपछि बाबु रुँदै बसेका छन् ।

कमेन्टहरु
Loading...