राष्ट्रिय महिला भलिवलको उपाधी एपीएफलाई

उत्कृष्ट खेलाडी सरस्वती चौधरी, सिपोरालाई हौसला स्वरुप ४० हजार
सागर राज तिमिल्सिना
पोखरा ३०, पुष/प्रथम लुम्बिनी च्याम्पीयनशिप २०७० अन्र्तगत पोखरामा बुधबार सम्पन्न भएको १८ औं संस्करणको राष्ट्रिय महिला भलिवलको उपाधी सशस्त्र प्रहरी बल (एफपीएफ) ले जितेको छ । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चिरपरिचित प्रतिष्पर्धी नेपाल प्रहरीलाई सोझो सेटमा पराजित गरी एपीएफले उपाधी जितेको हो ।

sarsati chudariएपीएफले नेपाल प्रहरीलाई २५—९, २५—२०, र २५—१० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले रनिङ शिल्ड समेत एक बर्षको लागि लगेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडि घोषीत भएकी चौधरीलाई लक्ष्मी नारायण मेमोरियल ट्रष्ट र शेरबहादुर स्मृति प्रतिष्ठान बालकोटका अध्यक्ष रञ्जन खड्काबाट १०÷१० हजार उत्कृष्ट खेलाडि प्रदान गर्नुभएको थियो । एपीएफले उपाधी सहित नगद ५० हजार हात पारेको छ भने उप विजेता बनेको नेपाल प्रहरीले ३० हजार हात पारेको छ ।

खेलमा तेस्रो भएको पश्चिमाञ्चलले नगद २० हजार ट्रफि मेडल प्राप्त गर्यो । पोखराको फिष्टेल उच्च माविमा अध्ययनरत रहँदा भलिवल खेल्न सुरु गरेकी सरस्वती चौधरीले एपिएफको तर्फबाट अव्वल खेल प्रर्दशन गरेकी हुन । तेश्रो स्थानको लागि बुधबार भएको खेलमा डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१२, २५–२२ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । woman volleyball fimal pokhara apf

प्रतियोगितामा उत्कृष्ट स्पाइकर एपीएफकी निमा श्रेष्ठ, उत्कृष्ट सेटरमा एपीफकै बिनीता बुढाथोकी, उत्कृष्ट बल्कर नेपाल प्रहरीकी कोपिला उप्रेती, उत्कृष्ट सर्रवरमा पश्चिमाञ्चली अरुणा साही, उत्कृष्ट क्वीकर एपिएफकी सरस्वती चौधरी र उत्कृष्ट डिफेन्स नेपाल प्रहरीकी कमला पून घोषित भईन । दुई वर्ष अघि महिला लेगामेण्ट च्यातिएर खेल खेल्न नसकेकी सिपोरा गुरुङ पून खेलमा फर्केकोमा खुशी व्यक्त गर्दै नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङसहितको टोलिले हौसला स्वरुप २५ हजार प्रदान गरेका छन ।

त्यसै गरी सशस्त्र प्रहरी अतिरिक्त महानीरिक्षक दुर्जकुमार राईले ५ हजार, नेपाल भलिवल संघका केन्द्रीय सदस्य सुनकेसरी माली र ज्योति केसीले पनि जनही ५ हजार सिपोरालाइ प्रदान गरेका हुन । पुस २७ गतेबाट संचालन भएको प्रतियोगितामा दुई विभागिय र पाँच विकास क्षेत्रका ५ टिम गरी सात टिमको सहभागिता रहेको थियो । विजयी खेलाडीहरुलाई प्रतियोगिताका संयोजक कमल खनाल, क्षेत्रीय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापा, सशस्त्र प्रहरी अतिरिक्त महानीरिक्षक दुर्जकुमार राई, संघका केन्द्रीय उपाध्यक्ष याम बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए

कमेन्टहरु
Loading...