लेखनाथ नगरपालिकाको बजेट अहिलेसम्मै उच्च

आगामी आर्थिक बर्षको लागि साढे २३ करोड प्रस्ताब, पूर्बाधार तथा संरचना बिकासमा जोड

गोकुल बानियाँ÷ पोखरा ३० पुष । लेखनाथ नगरपालिकाले आगामी आर्थिक बर्षको अहिले सम्मकै बढी महत्वकाक्षी बजेट सार्बजनिक गरेको छ । नगरपालिकाको २० औं नगरपारिषद्ले पारित गरेको बजेट, निति तथा कार्यक्रम मंगलवार सार्बजनिक गर्दै आर्थिक बर्ष २०७१÷७२ को लागि २३ करोड ४७ लाख ४१ हजार बजेट प्रस्ताब गरिएको छ ।

लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलका अनुसार यो बजेट चालु आर्थिक बर्षको भन्दा ३५. ७६ प्रतिशत बढी हो । चालु आर्थिक बर्षमा नगरपालिकाको कुल बजेट १५ करोड ५ लाख ८७ हजार अनुमान गरिएको थियो । आगामी आर्थिक बर्षको लागि प्रस्ताबित बजेटमा पूजिगत तर्फ १६ करोड ३८ हजार ६ सय ४० र चालु बजेट ७ करोड ४७ लाख २ हजार ६ सय ६० रुपैया रहेको छ ।

लेखनाथ नगरपालिकाको बजेट सुनाउदै कार्यकारी अधिकृत रामचन्द्र पौडेल
लेखनाथ नगरपालिकाको बजेट सुनाउदै कार्यकारी अधिकृत रामचन्द्र पौडेल

प्रस्ताबित बजेटले पूर्बाधार तथा संरचना बिकासमा जोड दिएको छ । जस अनुसार पूर्बाधार तथा संरचना बिकास तर्फ कुल बजेटको ६०.२६ प्रतिशत अर्थात् १४ करोड १४ लाख ५० हजार बिनियोजन गरिएको छ । त्यस्तै कृषी , बन तथा बाताबरणको क्षेत्रमा ६७ लाख अर्थात् कुल बजेटको २.८५ प्रतिशत छुट्याईएको छ । जनसंख्या तथा सामाजिक क्षेत्र तर्फ ५ करोड ८७ लाख ९१ हजार अर्थात् कुल बजेटको २५.०५ प्रतिशत रकम बिनियोजन गरिएको छ ।

नगरपालिकाको संगठन तथा प्रशासन क्षेत्रमा २ करोड २५ लाख तथा जनश्रोत तथा भूमि तर्फ ५३ लाख बिनियोजन गरिएको छ । कुल बजेटमा पूजिगत बजेटको अंश ६८.१७ प्रतिशत र चालु तथा कार्यक्रम तर्फको बजेटमा सञ्चालन बजेट ७.३३ प्रतिशत रहेको छ । त्यस्तै कार्यक्रम बजेटको अंश २४.५० प्रतिशत छ । नगरपालिकाको कुल आन्तरिक आम्दानी तर्फ एक करोड ८६ लाख १० हजार र बाह्य श्रोतमा १९ करोड ११ लाख ३१ हजार रुपैया अनुमान गरिएको छ । आगामी आर्थिक बर्षको लागि बिभिन्न स्रोतबाट ८ करोड ७ लाख ५५ हजार रुपैया प्राप्त हुने अनुमान गरिएको छ । आर्थिक बर्ष २०७१÷७२ मा खानेपानी, ल्याण्डफिल्ड साईटको निर्माण , सडक , साहित्यिक पर्यटन बिकास, ताल संरक्षणको जस्ता रणनितिक महत्वका आधारमा बजेट बिनियोजन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत पौडेलले बताए ।

नगरपालिकाले पूर्बाधार तथा संरचना बिकास तर्फ लेखनाथमा रहेका तालहरुको संरक्षण र बिकासको लागि ३० लाख रुपैया बिनियोजन गरेको छ । चालु आर्थिक बर्षमा ताल संरक्षणमा बिनियोजन गरिएको १४ लाख रुपैयालाई बढाएर आर्थिक बर्ष २०७१÷७२ को लागि ३० लाख पु¥याईएको हो । तालहरुको संरक्षणको लागि गुरुयोजना निर्माण गरी सरकार र दातृ निकाय तथा निजि क्षेत्रको साझेदारीमा काम गर्ने नगरपालिकाको कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै कबि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थलको संरक्षण तथा बिकासको साथै साहित्यिक पर्यटन पूर्बाधार निर्माणको लागि आगामी आर्थिक बर्षमा १० लाख रुपैया बजेट बिनियोजन गरिएको छ । नगरपालिकाको नया निति तथा कार्यक्रममा कृषी , बन , बाताबरण बिकास शिर्षकमा आगामी आर्थिक बर्षमा ल्याण्डफिल्ड साईट र नगर सरसफाई ब्यबस्थापनको लागि २८ लाख ४५ हजार बजेट छुट्याईएको छ ।

रुपातालको साघुरेमा लेखनाथ र रुपाकोट गाबिसलाई जाड्ने झोलुङ्गे पुल एबं सहासिक खेल बन्जीजम्पको संभाब्यता अध्ययनको लागि १० लाख बजेट बिनियोजन गरिएको छ । यसैगरी नगरक्षेत्र भित्र तारे होटल स्थापना गर्ने ब्यबशायीलाई पहिलो ५ बर्ष सम्मको कर छुट दिने निति पनि नगरपालिकाले सार्बजनिक गरेको छ ।

कमेन्टहरु
Loading...