राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिको लागि एपिएफ र पुलिस भिड्ने (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, ३० पुष/प्रथम लुम्बिनी च्याम्पीयनशिप २०७० अन्र्तगत पोखरामा जारी १८ औं संस्करणको राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिको लागि दुई बिभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लव र नेपाल पुलिस क्लव प्रतिष्प्रर्धा गर्ने भएका छन । उपाधि सहित ५० हजार नगर पुरस्कारको लागि दुई विभागिय टोली बुधबार उपधीका लागी खेल्ने छन् ।

राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनल प्रवेशका लागी नेपाल पुलिस र पश्चिमाञ्चल भिड्दै
राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनल प्रवेशका लागी नेपाल पुलिस र पश्चिमाञ्चल भिड्दैwo

मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा समुह एको बिजेता एपिएफ क्लवले समुह बीको उपविजेता मध्यमाञ्चललाई २५–७, २५–१९, २५–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । यो जितसंगै एपिएफले सवै खेलमा जित हासिल गर्र्दै आफ्नो अपराजित यात्रा जारी राख्दै प्रतियोगिताको दावेरको रुपमा प्रस्तुतः गरेको छ । मध्यमाञ्चलका प्रशिक्षक रवि वोगटीले आफुहरुको टिम हतारमा धेरै क्षेत्रबाट बटुलेर ल्याएका कारण सेमिफाईनसम्मको यात्रा नै आफुहरुको लागि ठुलो उपलब्धी भएको बताए ।

दोश्रो सेमिफाईनल खेलमा समुह बीको उपविजेता पश्चिमाञ्चललाई समुह एको विजेता विभागिय टोली नेपाल पुलिस क्लवले ३–२ को सेटमा कठिन जित दर्ता गरी एपिएफसंगको भेट पक्का गरेको हो । पुलिसले पश्चिमाञ्चललाई २१–२५,२५–१८, १९–२५, २५–२३ र अन्तिम सेटमा १५–८ को सेटमा पराजित गरेको हो । डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चलका खेलाडीहरुको राम्रो तालमेल मिल्न नसक्दा पराजित हुनु परेको प्रशिक्षक कौशीला खत्रीले बताईन । यस अघि पश्चिमञ्चलले लिग चरणको खेलमा पुलिसलाई सोझो सेटमा पराजित गरेको थियो ।

पुलिसका प्रशिक्षक सुदेशकुमार रिमालले पहिलो सेटमा पराजित भए पनि आफुहरुको खेलमा राम्रो तालमेल मिलाएको कारण जित हासिल गर्न सफल भएको बताए । चिरपरिचित प्रतिद्धोन्दी एपिएफले पुलिसलाई पछिल्ला दुई प्रतियोगितामा पराजित गर्दै आएको छ । काठमाण्डौमा भएको एपिएफ आईजीपी कप राष्ट्रिय भलिवलमा उपाधि जितेको एपिएफले यससिजनमा लामाचौरमा भएको राष्ट्रिय भलिवलमा उपविजेता समेत भएको थियो । एपिएफका प्रशिक्षक कपिल श्रेष्ठले आफुहरुको खेल स्टाण्डरमा आफुहरु भएका कारण जित पक्का भएको दाबी गरे ।

हामीपुर्ण तयारीमा छौं, विपक्षि टोलीले कुन रणनितिमा खेल्छ त्यो हेर्न बाँकी छ श्रेष्ठले भने । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार त्यसै गरी प्रतियोगितामा वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट व्लकर, वेस्ट डिफेन्स र वेष्ट क्विकरलाई नजहि ३÷३ हजारको साथमा पुरस्कृत गरीने भएको क्षेत्रिय संघका सचिव डिवि नेपालीले बताए ।

भिडियो

कमेन्टहरु
Loading...