कृपा भण्डारी
पोखरा, ३० पौष/जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समिति कास्कीको आयोजनामा पोखरामा पन्ध्र दिवशीय प्रभावकारी सन्चार तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रभावकारी सन्चार र पत्रकारीता तालिमबाट १६ जना प्रशिक्षार्थी प्रशिक्षित भएका छन् ।समापन समारोहमा बोल्दै बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले समाजले साँचो पत्रकारिताको अपेक्षा गरेको बताउदै प्रशिक्षार्थीलाई आफुले लेख्ने समाचारमा सत्य तथ्य कुरालाई सधै उजागर गर्न आग्रह गरे ।
तालिमका प्रशिक्षक सन्चारकर्मी दिपेन्द्र श्रेष्ठले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सुझाव दिए । कार्यक्रममा स्वतन्त्र पत्रकार महासघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले वर्तमान समयमा नयाँ नयााँ सुचनाप्रविधिको विकास भएको बताउँदै सुचना जनताको पहुँचमा हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा बोल्दै प्रशिक्षार्थी द्धय गोकर्ण बराल र स्मारीका पौडेलले तालिमले आम सन्चारको बारेमा धेरै नजिकबाट बुझन सघाएको बताउदै आगामी दिनमा तालिममा सिकेको कुरा ब्यवहारमा उतार्ने प्रतिबद्धता ब्यतm गरे ।
जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्तिका लागि नागरिक समाज सन्जालका अध्यक्ष विष्णु बराल, गैसस महासंघका केन्द्रिय सदस्य रामप्रसाद सुवेदी, नौलो घुम्ती पोखराका कार्यकारी प्रमुख रामप्रसाद ज्ञवाली, समितिका सल्लाहकार पार्वती पौडेल, विजया आचार्य, बाबुकाजी श्रेष्ठ लगायतले बोलेका थिए ।