हजरत मुहम्मदको जन्मोत्सवको अवसरमा साताब्यापी कार्यक्रम

पोखरा २९ पुस /१२ रबील्औवल तथा १४८८ औ हजरत मुहम्मद सल्लल्लाह अलैही वसल्लमको जन्मोत्सवको अवसर पारी पोखरामा रहेका मुस्लिमहरुले साताब्यापी कार्यत्रमको आयोजना गरेका छन । मुस्लिम धार्मिक सेवा समिति कास्कीको आयोजनामा सोमबारदेखि साताब्यापी कार्यक्रम आयोजना गरिएको हो ।

हजरत मुहम्मदको जन्मोत्सवको अवसरमा साताब्यापीको पहिलो दिन पोखरा शान्ति पदयात्रा
हजरत मुहम्मदको जन्मोत्सवको अवसरमा साताब्यापीको पहिलो दिन पोखरा शान्ति पदयात्रा

मुलुकमा शान्ति संगै समयमा संविधान निर्माणको कामना गर्दै शान्ति पदयात्रा गरी साताब्यापी कार्यक्रम शुरु गरिएको मुस्लिम धार्मिक सेवा समिति कास्कीका सचिव सराफत मियाले जानकारी दिए । मुस्लम धार्मिक गुरु हजरत मुहम्मदको १४८८ औ जन्मदिवसको अवसर पारेर सम्पूर्ण नेपाली तथा सम्पूर्ण धर्मका मानिसहरु एकै हौ , मुलुकमा हत्या हिंसा नहोस र नेपालमा समयमानै संविधान निर्माण होस भन्ने कामना गर्दै शान्तिपदयात्राको आयोजना गरिएको उनको भनाइ रहेको थियो ।

मुस्लिमहरुको बाक्लो बस्ती रहेको पोखराको मियापाटनबाट शुरु भएको ¥याली अमरसिंह, हस्पिटलचोक, रानीपौवा, सितलादेवी , माटेपानी , भद्रकाली हुदै पुन मियापाटनमा पुगी समापन भएको थियो । ¥यालीमा मुस्लिम समुदायका महिला, बालवालिका, समाजसेवी लगायतका उल्लेख्य सहभागीता रहेको मुस्लिम धार्मिक संरक्षण समिति कास्कीका सदस्य मौलाना ईक्राम मियाले जानकारी दिए । मियाका अनुसार हजरत मुहम्मदको जन्मदिवसको अवसर पारेर पोखरामा रहेका समपूर्ण धार्मिक समुदायका मानिसहरुविच एकता कायम गर्दै मुलुकमा छिटोभन्दा छिटो संविधान निर्माण गरी दिगो शान्ति स्थापनाका लागी शान्ति पदयात्राको आयोजना गरिएको वताए ।

मुस्लिम धर्मको हरियो झण्डाले शान्तिको शन्देश प्रदान गर्ने वताउदै मुलुकमा संविधान र शान्ति अपरिहार्य भएकाले संविधानबाटै सम्पूर्ण धार्मिक समुदायका मानिसहरुलाई एकजुट वनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ रहेको थियो । साताब्यापी कार्यक्रम अन्तर्गत सोमबार मौला स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिने भएकोछभने अन्यदिनहरुमा धार्मिक प्रवचन हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...