सूर्यनेपाल गल्फ टुर मंगलबार देखि पोखरमा

पौष २९,पोखरा/सूर्य नेपाल गल्फ टुरको १४ औ संस्करण मंगलबारदेखि पोखरामा शुरु हुँदैछ । नेपाल प्रोफेशनल गल्फर्स एसोसिएसनको आयोजनामा हुन लागेको प्रतियोगितामा ४३ जना खेलाडीहरुले सहभागिता जनाउने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।माघको ४ गते सम्म चल्ने प्रतियोगितामा २४ जना प्रोफेशनल तथा १९ एम्योचर खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव सिवी भण्डारीले पत्रकार सम्मेलनमा बताए । सूर्य नेपाल मुख्य प्रायोजक रहेको प्रतियोगितामा कूल ५ लाख १४ हजार २ सय ५० रुपैयाँ पुरस्कार राशि रहने छ । प्रोफेशनलतर्फ प्रथम हुने खेलाडीले नगद ९५ हजार, द्धितियले नगद ६० हजार तथा तृतीयले नगद ४४ हजार सहिट ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि अन्य २१ खेलाडीहरुले पनि विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् । हिमालयन गल्फ कोर्षमा १६ होलमा प्रतिस्पर्धा हुनेछ भने दुई होलमा रिपिट गरि १८ होलमा खेल हुने छ । यसअघि पोखरामा नौं होलमा दुईपटक खेलाइन्थ्यो ।

प्रोफेशनलतर्फ नेपालका शिर्षस्थानका खेलाडीहरु शिवराम श्रेष्ठ, रबि खड्का, रमेश अधिकारी तथा अन्य खेलाडीहरु सूर्य सर्मा, रमेश नगरकोटी, दिपक थापामगर, सन्जय लामा, पोखरेली खेलाडी भुवन गुरुङ्ग लगाएतले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङ्गले कास्कीमा हुने गल्फ गतिविद्यिका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...