वर्ड नेपालको अध्यक्षमा पौडेल निर्विरोध

पोखरा, पुस २८ गते बाँझी पोखरी एकीकृत सहयोगका लागि ग्रामीण विकास नेपाल (वर्ड नेपाल)को अध्यक्षमा जगन्नाथ पौडेल निर्विरोध चयन हुनुभएको छ । संस्थाको बाह्रौं साधारण सभा तथा पाँचौं अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि उपाध्यक्षमा प्रेम भण्डारी, सचिवमा सीता पौडेल, कोषाध्यक्षमा सोमनाथ भण्डारी र सदस्यहरुमा भेषराज पौडेल, डिलकुमारी काफ्ले, एकनारायण भण्डारी र कोपिला भण्डारी चयन हुनुभएको छ ।संस्थाका अध्यक्ष खेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भरतपोखरी र निर्मलपोखरी गाविसका सचिव गङ्गादत्त पौडेल, नागरिक समाज निर्मलपोखरीका अध्यक्ष उदय रायमाझी, सामुदायिक विकास केन्द्रका निर्देशक शिव अधिकारी, दिलकुमारी काफ्ले, नारायणदत्त अधिकारी, टंक विकलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारणसभाले कोषाध्यक्ष सोमनाथ भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन अनुमोदन गरेको थियो भने भरत अधिकारीले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

हेफर इन्टरनेशनल र कारितास नेपालको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले भरतपोखरी गाविसका १९०२ घरधुरीलाई प्रत्यक्ष सहभागी गराई विभिन्न आयमूलक तथा उत्पादनमूलक कार्यमा लगाउने, बाख्रापालन, नश्लसुधार अभियान, बिऊविजन, सुधारिएको चुलो आदिमा सहयोग गर्दै आएको सदस्य भेषराज पौडलले जनाउनुभयो ।

कमेन्टहरु
Loading...