पोखरा उपमहानगर पालिकाको महत्वाकांक्षी वजेट,५६ करोड ७७ लाख ७२ हजार वजेट प्रस्तुत

पोखरा, २७ पुस। महत्वाकांक्षी वजेट प्रस्तुत गर्दै पोखरा उपमहानगर पालिकाको १८ औ नगर परिषद शनिबार सम्पन्न भएको छ ।
परिषदमा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आर्थिक वर्ष २०७१÷०७२ का लागि ५६ करोड ७७ लाख ७२ हजार वजेट प्रस्तुत गरेका छन् । जुन गत वर्षको तुलनामा ४७ प्रतिशतले बढि हो ।नगरपालिकातर्फको कुल बजेट मध्ये आन्तरिक आम्दानी तर्फ रु. २९ करोड ४० लाख र बाह्य स्रोततर्फ २७ करोड ३७ लाख ७२ हजारको अनुमान गरिएको छ ।नगरपालिकाको आन्तरिक आम्दानीतर्फ स्थानीय कर रु. नौ करोड ६९ लाख , सेवा शुल्क रु.एक करोड ८६ लाख, दस्तुरहरुबाट रु. सात करोड ९० लाख, बिक्रीबाट रु. सात लाख ५० हजार, अन्य आम्दानी रु. एक करोड २३ लाख, अन्य स्रोत परिचालन र लागत सहभागिता समेत पाँच करोड १० लाख, साँवा व्याजबाट रु.तिन लाख ५० हजार मौज्दात तीन करोड ५० लाख र नेपाल सरकार, वैदेशिक सहायता तथा अन्य निकायबाट अनुदानबापत रु. २७ करोड ३७ लाख ७२ हजार समेत गरी कुल रु. ५६ करोड ७७ लाख ७२ हजार अनुमान गरिएको छ।
आन्तरीक आय तर्फ आगामी बर्ष प्रस्ताव रकम गत आबको तुलनामा १९ प्रतिशतले बढि भएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

संरचनागत हिसाबबाट पूर्वाधार तथा संरचना विकासतर्फ कुल वजेटको ५२ प्रतिशन २९ करोड २९ लाख ७६ हजार, जनसंख्या तथा सामाजिक विकासतर्फ कुल वजेटको १६ प्रतिशत ८ करोड ९० लाख ४६ हजार, कृषि, वन तथा वातावरणतर्फ कुल बजेटको आठ प्रतिशत चार करोड ५७ लाख ५५ हजार, भूमि तथा जलस्रोततर्फ कुल बजेटको दुई प्रतिशत एक करोड ५५ लाख र प्रशासन तथा संगठनतर्फ कुल बजेटको २२ प्रतिशत १२ करोड ४४ लाख ९५ हजार गरी कुल व्यय अनुमान रकम जम्मा ५६ करोड ७७ लाख ७२ हजार प्रक्षेपण गरेको छ । वजेट गतवर्षकोे तुलनामा पुर्वाधारतर्फ २० प्रतिशत थप रकम प्रस्ताव गरिएको अधिकारीले जानकारी दिए ।

त्यसैगरि संघसंस्थातर्फ कुल रु. १२ करोड २२ लाख समेत गर्दा कुल रु. ६८ करोड ९९ लाख ७२ हजार रकम अनुमान गरिएको उनले जानकारी दिए । कार्यक्रमम बोल्दै प्रमुख अतिथि संङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्थानिय क्षेत्रको विकासका लागि स्थानिय निकायको निर्वाचन हुनु पर्ने बताए । स्थानिय निकायको लामो समय सम्म निर्वाचन नहुदन निजामति कर्मचारीले काम गर्नु परेको छ जसका कारण भनेजस्तो विकास हुन सकेको छैन उनले भने– स्थानिय विकासको प्रभावकारिता वढाउनका लागि पनि स्थानिय निकायको निर्वाचन हुनुपर्दछ ।

उनले स्थानिय निकायको निर्वाचन गर्नका लागि सरकरले वजेटको समेत व्यवस्था गरेको हुनाले छिटो भन्दा छिटो स्थानिय निकायको निर्वाचन हुनु पर्नेमा जोड दिए । नेपाल सरकार र हाम्रो मन्त्रालयले निर्वाचन गर्नका लागि सवै तयारी गरेको छ उनले भने–अव वन्ने सरकारले निर्वाचन गर्न तयारी गर्नुपर्दछ । नेपाल संघियतामा गएकोले पनि अव केन्द्रिय सरकार संघिय सरकार र स्थानिय सरकार वन्ने बताउदै उनले स्थानिय सरकार कस्तो वनाउनुपर्ने हो त्यसको वारेमा व्यापक बहसको खाँचो रहेको उल्लेख गरे ।

उनले नगरपालिकाले प्रस्तुत गरेको वजेट महत्वाकांक्षी भएको बताउदै वजेटमा आएका निति तथा कार्याक्रमहरु कार्यान्वयनमा सवैको सहकार्यको खाँचो पर्ने बताए । संविधान सभासद् जिवन परियारले पोखरालाई नमुना सहरको रुपमा विकास गर्नका लागि छिमेकी गाविसको पनि विकास हुनु पर्ने सुझाव दिए । सभासद् सारदा अधिकारीले पोखराको विकासका लागि पोखरामा रहेको सरकारी कार्यालयका प्रमुखहरु वीच समन्वयको खाँचो रहेको बताईन् । सभासद् वृन्दाराना मगरले पोखरामा रहेका सार्वजनिक जग्गाहरुको पहिचान गरि पार्क निर्माण गर्नु पर्ने बताईन् ।

सभासद् रविन्द्र अधिकारीले पोखरालाई उत्कृष्ट पर्यटकिय नगरिको रुपमा विकास गर्नका लागि संभावनाको खोजी गर्नु पर्ने बताए । सभासद् तेजकुमारी पौडेलले समृद्ध पोखराको वनाउका लागि आफु सधै लागि पर्ने बताईन् । सभासद् कुमार खड्काले पोखराको विकासका लागि लगानिको वातवरण सिर्जना गर्नु पर्ने बताए । कार्यक्रमम कास्की जिल्ला बाट संविधान सभासद् वनेका सभासद्लाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा उत्कृष्ट करदाताबाट उत्तम द्धा, चन्द्रकुमारी गुरुङ, तुलसा पाण्डे र होटल फेवा प्रिन्सलाई सम्मान गरिएको थियो । उत्कृष्ट टोल विकास संस्थाको तर्फबाट मालेपाटन टोल विकास संस्था र उत्कृष्ट उभोक्ता समूहको तर्फबाट दम्कल मार्ग उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।

साथै उत्कृष्ट कर्मचारीबाट राजेन्द्र वज्रचार्य, शुशिला पराजुली, अशोक शाक्य, रामजीप्रसाद उपाध्याय, मुक्तिप्रसाद तिमिल्सिना र टेकबहादुर जिसीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण केसी, नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसी, नेकपा–माओवादी कास्कीका सेक्रेटरी कृष्ण वाग्ले रुपेश, राप्रपा कास्कीका उपाध्यक्ष नरहरी तिमिल्सिना, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष मदनमुरारी घिमिरे, नेकापा एकिकृत कास्कीका सचिव रामजि थापा, कास्कीका स्थानिय विकास अधिकारी ईश्वराज पौडेल, चितवनका स्थानिय विकास अधिकारी तथा पोखरा उपमहानगर पालिकाका पूर्व कार्यकारी अधिकृत तीलक पौडेल, लेखनाथ उपमहानगर पालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, जिल्ला प्रशाशन कार्यालय कास्कीका रामाजीप्रसाद कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रिविनोद प्रतिक, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिव बहादुर कोइराला, पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहादुर भुजेल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्जल खत्रि, वाल क्लवका गुञ्जन प्यासी, पोखरा उपमहानगर पालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्माले बोलेका थिए ।

पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ अधिकृत ओमराज पौडेलले स्वागत र आन्तरिक लेखा परिक्षण अधिकृत अनन्तप्रसाद कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...