नवआदर्श सामुदायिक विकास समाजको १७ औं वार्षिक साधारणसभा

पोखरा, २७ पुस/पोखराको लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सभासद् शारदा पौडेलले समाजले विगत वर्षहरुदेखि गर्दैआएको सामाजिक सेवाको प्रशंसा गर्नुभयो । उहाँले आफ्नो क्षेत्रबाट हुन सक्ने सक्दो सहयोगको प्रतिबद्धता जनाउँदै स्थानीय संघसंस्थासँग समन्वय गरी विकासको लागि योजना ल्याउन आफ्नो जोड सधैँ रहने बताउनुभयो । 

यसैअर्का अर्का सभासद कुमार खड्काले आफू संस्थाको आजीवन सदस्य भएको उल्लेख गर्दै संस्थाको गरिमालाई अझ उचो बनाउन आगामी दिनमा सक्दो सहयोग गर्ने बताउनुभयो । साधारणसभामा संस्थाका मानार्थ सदस्य गणेशमानसिह भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख लोकनाथ गौतम, गण्डकी आवासीय उच्च माविका प्राचार्य रविप्रसाद बराल, संस्थाका पूर्वअध्यक्ष सञ्जयकुमार अधिकारीलगायतले बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न साधारणसभाले सचिव लक्ष्मी पाण्डेले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । कार्यक्रममा स्वागत संस्थाका प्रथम उपाध्यक्ष शोभा केसीले गर्नुभएको थियो भने सञ्चालन सचिव लक्ष्मी पाण्डेले गर्नुभएको थियो । यसैबीच, क्रिसमसको अवसरमा लामाचौर युथ ग्रुपले आयोजना गरेको साँस्कृतिक कार्यक्रमबाट संकलित ८२ हजार तीन सय ५५ रुपैयाँ लामाचौर चर्चका प्रमुख राजेन्द अधिकारीले संस्थाका अध्यक्ष खत्रीलाई प्रदान गर्नुभयो ।

गण्डकी आवासीय उच्च माविका प्राचार्य बरालले समाजलाई पाँच हजार छ सय रुपैंयाँ प्रदान गर्नुभयो । उहाँले संस्थाले समाजको वृत्ति विकासमा सहयोग गरेको भन्दै आजीवन सदस्यता प्रदान गरेको छ । यसैगरी, गणेशबहादुर थापाले आफ्ना बाबु स्व. प्रेमबहादुर थापा स्मृति सञ्चालित छात्रवृत्ति पुरस्कार राशिमा २५ हजार रुपैयाँ थप गर्नुभएको छ । सो पुरस्कार लामाचौर श्रोत केन्द्रका छात्र र छात्रालाई वर्षेनी प्रदान गरिदैआएको नवआदर्श सामुदायिक विकास समाजका सचिव लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील यस संस्थाले पाँच वर्षदेखि एम्बुलेन्स सेवा तथा शवबाहन संचालन गर्दै आएको छ । साथै यसै वर्षदेखि सानै तहदेखि फुटबलको विकास गराउने उद्देश्यले यु १४ र यु १६ गरी दुई उमेर समूहका बालकहरुलाई फुटबल प्रशिक्षण दिँदैआएको संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...