नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन पश्चिमाञ्चलको क्षेत्रीय भेला सम्पन्न, अध्यक्षमा थापा चयन

पोखरा, २७ पुस। नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन पश्चिमाञ्चल समन्वय समितिको दोस्रो क्षेत्रीय भेला शनिबार पोखरामा सम्पन्न भयो। भेलाले आगामी डेढ वर्षे कार्यकालको लागि धनबहादुर थापा (कास्की) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कर्यसमिति चयन गरेको छ। समितिको सचिवमा रूपन्देहीका लेखनाथ पौडेल, कोषाध्यक्षमा कास्कीका भरतराज तिवारी तथा सदस्यहमा हरिप्रसाद दमासे, दीर्गबहादुर खड्का, दुर्गामणि ज्ञवाली, राजेशप्रसाद गुप्ता, नरेन्द्रप्रसाद तिवारी, विष्णुप्रसाद पन्थी, कृष्णप्रसाद पौडेल र भूपति वाग्ले रहेका छन्।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय क्षमता अभिवृद्धि समितिका सदस्य ठाकुरप्रसाद अधिकारी संयोजक तथा विष्णुप्रसाद पौडेल र डिल्लीरमण पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन ण्डिल संयोजक ठाकुरप्रसाद अधिकारीले सपथग्रहण गराएका थिए। समितिले छ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ।
यसअघि भेलाको उद्घाटन गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद अधिकारीले राज्यको चौतर्फी आक्रमणमा परेका लेखापढी कानुन व्यवसायीलाई यो अवस्थासम्म ल्याइपु¥याए पनि आफूहरूले गर्नुपर्ने जिम्मेबारी अझै बाँकी रहेको बताए। व्यवसायीका हक अधिकारको लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउँदै वरिष्ठ उपाध्यक्ष अधिकारीले केन्द्रीय समितिको नीति निर्देशनमा रहेर काम गर्न समितिलाई आग्रह गरे। उनले मुलुकको लागि लेखापढी कानुन व्यवसायीले अझै ठूलो योगदान दिन बाँक रहेको बताए।

समितिका केन्द्रीय सचिव कृष्णप्रसाद दाहालले अधिकार खोज्नेले कर्तव्यको पनि ख्याल गर्नुपर्ने भन्दै आयकर ऐनअन्तर्गत पुस मसान्तसम्ममा पान नं. लिन राज्यले दिएको समयभित्रै लिएर आफू र आÇनो व्यवसायको सुरक्षा गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरे।उनले राज्यले सही किसिमको कानुन निर्माण नगरेको र राज्यका हरेक निकायलाई सही किसिमले परिचालन गर्न नसकेको अवस्थामा लेखापढी कानुन व्यवसायीहरू चनाखो भएर आÇनो जिम्मेबारीमा लाग्नुपर्ने बताए।

कार्यक्रममा समितिका केन्द्रीय सदस्यद्वय विमलबहादुर कार्की र मायादेवी सोती तथा पूर्व पदाधिकारीहरूको तर्फबाट पूर्व उपाध्यक्ष दामोदर ढु·ानाले पनि शुभकामना मन्तव्य राखेका थिए।नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन पश्चिमाञ्चल समन्वय समितिका अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सचिव अम्बरबहादुर कार्की (अनिल) ले स्वागत मन्तव्य राखेका थिए भने पश्चिमाञ्चल समन्वय समितिका सचिव लेखनाथ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...