पोखरा २७ पुस/माछापुच्छ«े गुठी पोखरा ९ ले संघीय समाजवादी पार्टीबाट समानुपातिक तर्फबाट सभासद बनेका डि बी नेपालीलाई सम्मान गरेको छ । शनिवार पोखरामा एक कार्यक्रमको आयोजना गरी गुठीका सल्लाहकार सदस्य समेत रहेका सभासद नेपालीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा वोल्दै सभासद नेपालीले आफुले संविधान सभामा दलितहरुको पक्षमा आवाज बुलंद गर्ने वताए । दलितहरु अझैपनि समाजमा सम्मानित रुपमा बाच्न नसकेको वताउदै उनले सम्मानित रुपमा बाच्न सक्ने वातावरण वनाउन संविधान सभामा आफ्नो भूमिका महत्वपूर्ण रहने वताए । आगामी दिनमा गुठीलाई सहयोग गर्ने उनको भनाइ रहेको थियो । गुठीका अध्यक्ष ज्ञान वहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुठीका सल्लाहकार सदस्य रामवहादुर नेपाली, मानवअधिकारवादी सोम नेपाली लगायतले वोलेका थिएभने । कार्यक्रम सञ्चालन गुठीका सचिव शालिकराम नेपालीले गरेका थिए ।
