पोखरा सडक महोत्सवको तयारी पुरा, दुलही झै सिंगारियो लेकसाईड

पोखरा, १० पौष/बर्षेनी अग्रेंजी नयाँको अवसरमा आयोजना हुदै आएको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पौष १३ देखि १७ गतेसम्म संचालन हुन लागेको १४ औं पोखरा सडक महोत्सव २०१२÷१३ को तयारी पुरा भएकोे रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले बताए ।

गनतव्य पोखराको रुपमा विकास गर्दै आन्तरीक तथा बाहिय पर्यटक प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त महोत्सव हुन लागेको हो । सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं भन्दै आयोजना हुने महोत्सवमा लेकसाईडको फिस्टेल गेटदेखि अम्मट, गौरीघाट, बाराहिचोक खहरे हुदै डिहिको पाटनसम्म करीब ३ किलोमिटर सडकको क्षेत्रमा महोत्सव आयोजना हुने भएको छ ।

लेकसाईडको क्षेत्र यती वेला ध्वजा–पोतका एवम व्यानरले दुलही झै सिंगारीएको छ । करीव डेड सय भन्दा बढी व्यानरहरु टासिएको र अझै टास्ने कार्य जारी रहेको अध्यक्ष भट्टराईले बताए । लेकसाईडमा सरसफाई समेत गरीएको छ । पोखरा र यस क्षेत्रको कला संस्कृति, भेष भुषाको जर्गेना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन पनि महोत्सव निरन्तर आयोजना गर्दै आएको महोत्सव संयोजक भिमसेन भुजेलले बताए ।

महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्ट, पन्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, तिव्यतियन नाच, थकाली नाच, भजन चुड्का, मगर कौडा, तामाङसेलो, भक्तपुरे धिमे नाच, थारु स्टिक नाच, मयुर नाच प्रस्तुत गरीने भएको रेवानले जनाएको छ । सडकमै टेवल, कुर्सी निकालेर सडकमै राखेर पर्यटकहरुलाई विभिन्न परिकारले सत्कार गर्ने भएकोले बिहान ११ बजे देखि वेलुका रातीसम्म महोत्सव स्थलमा सवारी साधनहरुलाई समेत रोक लगाईने भएको छ ।

कमेन्टहरु
Loading...