पोखरामा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु

उद्घाटन खेलमा डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चलको जित
सागर राज तिमिल्सिना
पोखरा, २७ पुष/प्रथम लुम्बिनी च्याम्पीयनशिप २०७० अन्र्तगत शनिबारदेखि पोखरामा १८ औं संस्करणको राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा हजारौ दर्शकहरु माझ भएको उद्घाटन खेलमा डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चल विकास क्षेत्रले बिजयी सुरुआत गरेको छ । पश्चिमाञ्चलले सुदुरपश्चिमाञ्चललाई २५–१२, २५–११, २५–७ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो ।अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको कप्तानीमा मैदानमा उत्रिएको पश्चिमाञ्चलको टिममा यसपाली पुनः सिपोरा गुरुङ पनि मैदानमा उत्रिदै छन । लेगामेन्ट च्यातीएका कारण करीब दुई बर्ष पछि उनी पुनः खेलमा फर्किएकी हुन । अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २५–९, २५–१४, २५–१० को सोझो सेटमा पराजित गरेको हो । १७ औं राष्ट्रिय महिला भलिवलमा उपविजेता भएको मध्यमाञ्चलले यसपाली अन्तराष्ट्रिय खेलाडी रमिला तण्डुकारको कप्तानिमा टिम तयार पारेको हो ।

उद्घाटन खेलमा डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चलको जित
उद्घाटन खेलमा डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चलको जित

आईतबार लिग चरणका ४ खेल हुदै छन । आईतबारको पहिलो खेल एपिएफ बिरुद्ध पुर्वाञ्चल विकास क्षेत्र विच हुने भएको छ । दोश्रो खेलमा मध्यपश्चिमाञ्चलले नेपाल प्रहरीको सामना गर्ने भएको छ । तेश्रो खेलमा पुर्वाञ्चलले सुदुरपश्चिमाञ्चलसंग प्रतिष्पर्धा गर्ने भएको प्राविधिक संयोजक नारायण भण्डारीले बताए । आईतबारको निकै नै सनसनी पुर्ण खेल पश्चिमाञ्चल बिरुद्ध एपिएफको हुने भएको छ । लिगकम नकाउटका आधारमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा ७ टिम सहभागि भएको संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक यामबहादुर गुरुङले बताए ।

माघ १ गतेसम्म चल्ने प्रतियोगितालाई सफल पार्न राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग, क्षेत्रिय भलिवल संघले संयोजन गरेको हो । प्रतियोगितामा बिभागिय दुई नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी वल(एपिएफ) सहित पाँच विकास क्षेत्रबाट पाँच गरी ७ टिमको सहभागिता रहेको छ । विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले २० हजारको साटमा ट्रफी मेडल प्रमाणपत्र पाउने भएको क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइक्षर्् १० हजार प्रदान गरीने भएको छ ।

त्यसै गरी प्रतियोगितामा वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट व्लकर, वेस्ट डिफेन्स र वेष्ट क्विकरलाई जनहि ३÷३ हजारको साथमा पुरस्कृत गरीने भएको छ । पोखरा रंगशालामा रवरको म्याटमा भलिवल खेल संचालन हुदै छ भने भलिवलका दर्शकहरुले लिगचरणका खेलहरु हेर्नको लागि एक सय रुपैयाको टिकट काट्न पर्ने छ भने सेमिफाईनल तथा फाईनल खेल हेर्न भने २ सय रुपैया प्रबेस शुल्क लाग्ने क्षेत्रिय भलिवल संघका सचिव डिवि नेपालीले बताए ।

यसै विच उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य दिलिप विक्रम शाहीले गरे । कार्यक्रममा उनले पोखरामा एक पछि अर्को राष्ट्रिय प्रतियोगिताहरु हुनु पोखरालाई खेलकुदको राजधानि बनाउन थप सघाउने बताए । नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष दानबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापा, सचिव डिवि नेपाली लगायतले भलिवल खेलमा सवैको सहयोग आवश्यक भएको बताए ।

कमेन्टहरु
Loading...