पोखरा, २७ पुस /प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पीयनसिप २०७० अन्तर्गत ७ औं महिला तथा १६ औैं पुरुष राष्ट्रिय ह््याण्डवल प्र्रतियोगितामा पुरुष तर्फ डिफेन्डिङ च्याम्यिन पश्चिमाञ्चलले उपाधि हात पार्दा महिला तर्फ सशस्त्र प्रहरीको एपिएफले उपाधि जित्यो । पोखरा रगंशालामा शुक्रबार भएको निकै सनसनी पुर्ण पुरुष तर्फको फाइनल खेलमा पश्चिमाञ्चलले एपिएफलाई ३०—२५ को गोल अन्तरले पराजित गदै उपाधि जितेको हो ।

१४ र १५ औ दुई संस्करणको उपाधि जितेको पश्चिमाञ्चलले यो जितसंगै उपाधिमाथि ह्याटिक पुरा गरेको छ । निर्धातिर ६० मिनेटको खेल दुबै तर्फ २३÷२३ गोलमा बराबरी भए पछि निर्णायको लागि अतिरिक्त २० मिनेटको समय थपिएको हो । अतिरिक्त समयमा पश्चिमाञ्चलले खेलमा सुधार तेश्रो पटक उपाधि आफनो पोल्टामा पारेको हो । त्यसैगरि शुक्रबार नै सम्पन्न महिला तर्फको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पूवाञ्चललाई ९—१३ गोल अन्र्तरले पराजित गदै उपाधि जितेको हो । प्रतियोगितामा महिला तर्फ पश्चिमाञ्चल र पुरुष तर्फ विभागीय टोली त्रिभुवन आर्मीले तेश्रो स्थान प्राप्त गर्न सफल भए । प्रतियोगितामा ५४ गोल गरेका नेपाल आर्मीका क्याप्टेन अमर श्रेष्ठले सर्वाधिक गौलकर्ताको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फ एपिएफका मनोज ठगुन्ना उत्कृष्ट खेलाडि घोषित भए भने महिला तर्फ एपिएफकै उमा राई उत्कृष्ट खेलाडि घोषित भईन । महिला तर्फ १३ गोल गरेकी एपिएफकी बन्दना राईले सर्वाधिक गोल कर्ताको पुरस्कार प्राप्त गरिन् । सर्वाधिक गोलकर्ताको मापन सेमिफाइनल र फाइलनकोको गोल मात्र गणना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ मध्यमपश्चिमाञ्चल र महिला तर्फ सुदुर पश्चिमाञ्चल अनुशासित टोली घोषित भए ।
प्रतियोगिताका विजेता टिमलाई सभासद डिवि नेपाली, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईराला, जिल्ला अध्यक्ष सुमन देवकोटा, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । पुस २३ गतेबाट संचालन भएको प्रतियोगितामा दुई विभागीय सहित सात टिमको सहभागीता रहेको थियो । पोखरा रंगशालाको फुटवल मैदान भित्र आयोजना भएको उक्त प्रतियोगिताको रौनक हेर्न दर्शकहरुको बाक्लो उपस्थीती रहेको संघले जनाएको छ । यस अघि २०४० र २०६१ सालमा पोखरामा राष्ट्रिय स्तरको ह्याण्डवल प्रतियोगिता आयोजना भएको थियो ।