अटिजम सम्वन्धी सडक नाटक प्रस्तुत

पोखरा २६ पुस /अटिजम भएका वालवालीकाका अभिभावकहरुनै सजक हुने हो भन्ने बालबालीकाको सिक्ने क्षमतालाइ सहज गराउन सकिने शुक्रवार पोखरामा आयोजीत सडक नाटक मार्फ सन्देस दिईएको छ । अटिजम केयर नेपालको आयोजनामा अटिजम सम्वधी जनचेतना मुलक सडक नाटक सुनौलो बिहानीले पोखराको पृथ्वीचोकमा प्रर्दशन क्रममा अटिजम भएका वालवालीकाको लक्षण सहित नाटक वाट प्रस्तुत गरेका थीए ।

नाटकमा वालवालीका हरु आँखा आँखा नजुधाउने ,एक्लै वस्न रुचाउने ,बोलेर आपूmलाई चाहीने कुरा ब्यतm गर्न नसक्ने र फरक टङगवाट प्रतिकृया देखाउने लगाएतका लक्षणहरु वालवालीकाले देखाएको खण्डमा अभिभावकहरु सचेत हुने पर्ने समेत नाटकमा प्रस्तुत गरीएको थीयो । अटिजम भएका व्यक्तिहरुमा सञ्चार, समाजिकरण र कुनै क्रियाकलाप दोहो¥याइरहने प्रवत्ति हुन्छ ।

नेपालमा करिव ३ लाख व्यक्तिहरुमा अटिजम भएको अटिजम केयर नेपालले जनाएको छ । यस मध्य ८० देखि ९० प्रतिशत अतिग्रस्त छन् । यो जन्मजात हुने गर्दछ । सहि रुपमा पुनःस्थापना गर्ने हो भने यसबाट सुधार गर्न सकिने बताइएको छ । यस अघि सो नाटक काठमाडौ र तनहुँको दमौलीमा प्रर्दशन भइसकेको छ । आगामी दिनमा स्याङजा, पाल्पा, रुपेन्देही र चितवनमा प्रर्दशनको तयारी गरिएको संयोजक बज्रचार्यले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...