आहा रारा गोल्डकपको १२ औं संस्करण फागुनमा

सागर राज तिमिल्सिना
पोखरा २६ पुष/आहा रारा गोल्डकपको १२ औं संस्करण फागुन तेस्रो साता हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन गरी फागुन २० देखि चैत्र १ सम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ । यसअघि माघमा हुदै आएकोे प्रतियोगिता एक महिना पछि सरेको हो । सहिद स्मारक ए डिभिजन लिगको कारण प्रतियोगिता पछि सरेको सहारा क्लबका महासचिब केशब बहादुर थापाले बताए ।

सहारा क्लबको आयोजनामा बिगत ११ बर्षदेखि बर्षेनी पोखरामा अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन हुदै आएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका १२ क्लवले सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगिताको पुरस्कार राशीमा समेत बृद्धि गर्ने जानकारी दिएको छ ।प्रतियोगिता सञ्चालनको लागि करिब ६५ लाख खर्च लाग्ने र ८० लाख आम्दानी गरी १५ लाख बचतको लक्ष्य राखिएको क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रयोजकमा हिमश्रीफुड्सको रारा तयारी चाउचाउ रहेको छ सहप्रयोजकमा रेडबुल रहेको छ ।

१२ औ आहा आहा रारा गोल्डकपको बारे जानकारी दिदै सहारा क्लब
१२ औ आहा आहा रारा गोल्डकपको बारे जानकारी दिदै सहारा क्लब

प्रतियोगिताबाट बचत भएको रकमबाट सहारा क्लबले कठिन परिस्थिति एबं बिपन्न बर्गका बालकहरुलाई फुटबल प्रशिक्षण सहित खान बस्न र शिक्षा दिक्षाको ब्यबस्था मिलाउदै आएको छ । क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा अहिले बिभिन्न १० जिल्लाका १७ जना बालकहरु रहेका छन् ।

कमेन्टहरु
Loading...