दिननाथ बराल
पोखरा, २५ पुष/व्यक्तिहरुमा अमानविय व्यावहार हुदा समाजमा विकृति तथा विसंगती बढेकोमा दुखः व्यत्त गर्दैे काठमाण्डौबाट संस्कारको चेतना फैलाउदै हिडेको एक टोली विहिबार पोखरामा आईपुग्एको छ । “हाम्रो देश हामी आफै बनाऔं, विश्व जगाऔं, मानव मानव भएर बाचौं भन्ने नाराका साथ संस्कारको सचेतना जगाउदै हिडेको काठमाण्डौको नेपाल मानवताबादी समाज गृहीणी सरोकार समुहका पदाधिकारीको एक टोली पोखरा आईपुगेका हुन ।

विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समुहका अध्यक्ष फिनु सिंहले आफ्नो समुह गठनको बारेमा चर्चा गर्दै समाजमा भएको विकृति विसंगति विरुद्ध घर घरबाट संस्कारको पाठ सिकाउनु पर्ने सन्देश दिन पनि आफुहरु अभियानमा लागेको बताईन । उनले भनिन “ व्यक्ति आफैमा अल्छी हुनु घर, परिवार तथा समाज र देशको लागि नै बोझ हुने हुदा यसमा आमा, बाबु, परिवार, गुरु तथा समाजले राम्रो संस्कारको पाठ सिकाउनु पर्दछ ।” विवेकशिल प्रणाली मानव मान्छे भएर बाँच्न सक्नुपर्ने बताउदै अध्यक्ष सिंहले समाजमा विकृतिदेखेर आफुहरु त्यसको न्युनिकरणको लागि आफुहरु अभियानमा लागेको बताइन ।
समुहका महासचिव रेनुका राईका अनुसार समुह धनगढी, ईटहरी, विराटनगर, झापा, मोरङ, दोलखा, गोर्खा लगायतका ठाँउमा सचेतना मुलक कार्यक्रम तथा समुह विस्तार भएको छ । घर घरमा अशान्ति भएकोले स्वगजस्तो देशका हजारौ युवा विदेशीनु खुद लाग्दो भएको बताउदै राईले कृषि, शिक्षा लगायको क्षेत्रमा युवाहरुलाई व्यावसायीककरण गर्नु पर्ने बताइन । टोली विहिबार पाल्पा हुदै गुल्मी पुगेको छ । उमेरले परिक्का भएका महिलाहरुको समुहले स्थापना गरेको समुह आफुहरु गृहीणी भएर श्रीमानको कमाईमा अघि पछि हिड्नु भन्दा आफुहरुले पनि केहि गर्न सकिन्छ भनेर यस्तो अभियानमा लागेको राईको भनाई छ ।