पोखरा, २५ पुस/पोखराको लामाचौरस्थित नवआदर्श एकेडेमी र मध्यपुर युथ एशोसिएसनका खेलाडीबीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी आवासीय उच्च माविको खेलमैदानमा यु–१४ र यु–१६ बीच छुट्टाछुट्टै प्रतिष्पर्धा भएको हो । प्रतियोगितामा यु–१४ तर्फको खेल बराबरीमा सकिएको थियो ।
खेलमा दुबैतर्फ समान २ गोल भएको नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रिले जानकारी दिए ।यसैगरी, यु–१६ तर्फ मैत्रीपूर्ण खेलमा नवआदर्श एकेडेमीले ३–२ ले मध्यपुरलाई पराजित गरेको थियो ।
उपेन्द्रमान सिंह नेतृत्वमा देशका एकेडेमीको अवलोकन भ्रमणमा निस्किएको मध्यपुर युथ एशोसिएसनको टोलीले नवआदर्श एकेडमीको अवालेकन गरेको थियो । विभिन्न सामाजिक सेवामा क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले फुटबल विकासका लागि अघिल्लो वर्षदेखि नवआदर्श एकेडेमी सञ्चालन गर्दैआएको छ ।