महिलातर्फ भने एपिएफ विरुद्ध पुर्वाञ्चल
पोखरा २५, पुष/पोखरामा जारी प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पीयनसिप २०७० अन्तर्गत ७ औं महिला तथा १६ औैं पुरुष राष्ट्रिय ह््याण्डवल प्र्रतियोगितामा विहिबार सेमिफाईनलका खेलहरु सम्पन्न भएका छन । सुक्रबार महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ) बिरुद्ध पुर्वाञ्चल विकास क्षेत्र विच फाईनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ भने पुरुषतर्फ विभागिय एपिएफ बिरुद्ध पश्चिमाञ्चल विकास क्षेत्रले प्रतिष्पर्धा गर्ने भएका छन ।

विहिबार पोखरा रंगशालामा भएको महिला तर्फको पहिलो सेमिफाईनल खेलमा विभागिय टोली एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई १ को बिरुद्ध १८ को विशाल गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । अर्को खेलमा पुर्वाञ्चलले पश्चिमाञ्चललाइ ८ को बिरुद्ध १३ गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । त्यसै गरी पुरुषतर्फको पहिलो सेमिफाईनल खेलमा पश्चिमाञ्चलले नेपाल आर्मीलाई १९ को बिरुद्ध ३० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अर्को सेमिफाईनल खेलमा एपिएफले मध्यमाञ्चललाई १३ को बिरुद्ध २७ गोल अन्तरले पराजित गर्दै उपाधिको लागि पश्चिमाञ्चलसंग फाईनल खेलमा यात्रा तय गरेको हो ।

यही पुष २६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विभागिय सहित ७ टिमको सहभागिता रहेको संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए । विजेता टीमलाई ट्रफी मेडल र प्रमाण–पत्र प्रदान गरीने भएको छ । पोखरा रंगशलाको फुटवल मैदान भित्र आयोजना भएको उक्त खेलको रौनक हेर्न दर्शकहरुको समेत बाक्लो उपस्थीती रहेको संघका सदस्य मोहन रेग्मीले बताए ।