पोखरा । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा गन्थन डटकमका प्रबन्ध निर्देशक कमल सुवेदी चयन भएका छन् । आज भएको संघको साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
यस्तै संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन् । त्यस्तै सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा सदस्य पदमा चयन भएका छन् ।
अध्यक्षमा चयन भइसकेपछि बोल्दै अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वको टिमले अनलाइनलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिने बताएका छन् ।