मुस्ताङ र दमौली आसपासका फोटो प्रदर्शनी दमौलीमा सुरु

तनहुँ, २५ पुस /फोटो पत्रकार महासंघ नेपालको आयोजनामा आज बिहिवार देखि दमौलीमा फोटो प्रदर्शनी सुरु भएको छ । प्रथम दमौली महोत्सबको अबसरमा मुस्ताङ जिल्लाका ७५ वटा र दमौली आसपासका क्षेत्रका फोटोहरु प्रदशनीमा राखिएको छ । प्रदर्शनीमा राखिने मुस्ताङका फोटोहरु फोटो पत्रकार महासंघका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी सहित ९ जनाले खिचेका र दमौली आसपासका महासंघका महासचिब डम्बर बहादुर अधिकारीले खिचेका फाटोहरु रहेका छन् ।

मुस्ताङ र दमौली आसपासका फोटो प्रदर्शनी दमौलीमा सुरु
मुस्ताङ र दमौली आसपासका फोटो प्रदर्शनी दमौलीमा सुरु

प्रदर्शनीमा राखिने फोटोहरु प्राकृतिक, धार्मिक, साँस्कृति, ऐतिहासिक, जैविक विविधासंग सम्बन्धित रहेको बस्ताकोटीले बताउनु भयो । फोटो मार्फत मुस्ताङलाई स्वदेश तथा विदेशमा चिनाउन यो अभियान अगाडि सारिएकाले उहाँले बताउनु भयो ।

मुस्ताङको फोटोहरु यस अगाडि पोखरामा प्रदर्शन गरिसकिएको थियो भने दमौलीमा सकिए लगत्तै काठमाण्डौ र मुस्ताङमा आयोजना गरिने बताइएको छ । दमौली महोत्सब पुर्व शुरुभएको फोटो प्रर्दशनी हेर्न बिद्यार्थी एव स्थानियहरुको भिडलागेको छ । अधिकारीले खिचेका फोटोहरु ४ बेद १८ पुराणका रचयीता बेद व्यास र आदि कबि भानुभक्त आचार्यको जन्म थलो चुँदी रम्घाको रहेको छ । प्रदर्शनी ११ दिन संम्म रहने छ ।

कमेन्टहरु
Loading...