राष्ट्रिय ह्याण्डवलमा लिगचरणका खेल सम्पन्न, विहिबार सेमिफाईनलका खेल हुने

पोखरा २४, पुष/पोखरामा जारी प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पीयनसिप २०७० अन्तर्गत ७ औं महिला तथा १६ औैं पुरुष राष्ट्रिय ह््याण्डवल प्र्रतियोगितामा बुधबार लिग चरणका खेलहरु सम्पन्न भएका छन । पोखरा रंगशालामा विहिबार महिला तथा पुरुषतर्फको सेमिफाईनलका खेलहरु हुने भएको नेपाल ह्याण्डवल संघका उपाध्यक्ष विकास खनालले बताए । महिला तर्फ पश्चिमाञ्चल बिरुद्ध पुर्वाञ्चल विकास क्षेत्रको पहिलो सेमिफाईनल खेल हुने भएको छ ।

दोश्रो समिफाईनल खेलमा विभागीइ दुई टोली एपिएफ बिरुद्ध आर्मीको प्रतिष्प्रर्धा हुने भएको हो । समुह एमा विजेता भएको पश्चिमाञ्चलले समुह बीमा उपविजेता पुर्वाञ्चलसंग सेमिफाईनलमा यात्रा तय गरेको हो । समुह एमा उपविजेता एपिएफले समुह बीको विजेता आर्मीसंग अन्तिम चारमा भेट पक्का गरेको हो । त्यसै गरी पुरुषतर्फको पहिलो सेमिफाईनल खेलमा एपिएफ बिरुद्ध मध्यमाञ्चल विच खेल हुने भएको छ । दोश्रो सेमिफाईनल खेलमा पश्चिमाञ्चलले आर्मीको सामना गर्ने भएको छ । १४ र १५ औं राष्ट्रिय प्रतियोगितकमो उपाधि हात पारेको पश्चिमाञ्चलले यसपाली पनि उपाधि जित्ने दाउमा रहेको छ ।

समुह एमा विजेता भएको पश्चिमाञ्चलले समुह बीको उपविजेता मध्यमाञ्चलसंग सेमिफाईनलमा यात्रा तय गरेको हो । समुह एमा उपविजेता मध्यमाञ्चल बिरुद्ध समुह बीको विजेता एपिएफससंग अन्तिम चारमा स्थान पक्का गरेको हो । बुधबार पुरुष तर्फ भएको पहिलो खेलमा मध्यमाञ्चलले पुर्र्वाञ्चललाइ १९–१३ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा एपिएफले सुदुरपश्चिमाञ्चललाई १४ को बिरुद्ध २९ गोल अन्तरले पराजित गर्यो । पश्चिमाञ्चललले पुर्वाअञ्चललाई १० को बिरुद्ध ३२ गोल अन्तरले पन्छायो । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई १३ को बिरुद्ध १७ गोल अन्तरले पराजित गर्यो । लिगको अन्तिम खेलमा आर्मीले सुदुरपश्चिमाञ्चललाई ७ को बिरुद्ध ३८ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

त्यसै गरी महिला तर्फ पश्चिमाञ्चलले मध्यमाञ्चल माथि एकतर्फी शुन्यको बिरुद्ध ५ गोल बर्षायो । अर्को खेलमा पुर्वाञ्चलले नेपाल आर्मीलाई २ को बिरुद्ध १४ गोल अन्तरले पराजित गर्यो । एपिएफले अर्को खेलमा मध्यमाञ्चल माथि सहज जित दर्ता गर्यो । एपिएफले मध्यमाञ्चललाई १८–४ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा पश्चिमाञ्चलले सुदुरपश्चिमाञ्चललाई ९ को बिरुद्ध ११ गोल गरी जित दर्ता गर्यो । लिगचरणको अन्तीम खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई ५ को बिरुद्ध ९ गोल अन्तरले पराजित गर्यो । यही पुष २६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विभागिय सहित ७ टिमको सहभागिता रहेको संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए । विजेता टीमलाई ट्रफी मेडल र प्रमाण–पत्र प्रदान गरीने भएको छ ।

कमेन्टहरु
Loading...