सर्वोच्चको फैसलाले यी नेताहरुको पद जान सक्छ

  • सौगात पोखरेल

सर्वोच्च अदालतले नेकपालाई अवैध घोषणा गरेर ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै नेकपामा रहेका माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा लगायतका नेताहरुको पद धरापमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्टपार्टी कट्टेलललाई दिएसँगै नेपाली राजनीतिमा फेरी नेकपा (एमाले )र नेकपा (माओवादी केन्द्र) ब्युँतने भएको हो । प्रधानमन्त्रीले संसद विघटन गरेको निर्णय गरेर संसद चालु भएकै दिन सर्वोच्चले ओली प्रचण्डको नेकपालाई अवैध घोषणा गरेसँगै नेपाली राजनीतिमा नयाँ राजनीतिक बहसको थालनी भएको छ ।

नेकपा विभाजनका लागि ओली प्रचण्ड नेकपालाई नै आधार मानी निर्वाचन आयोगमा दुवै पक्षले वैधानिकता दावी गरेको भए पनि सर्वोच्चको फैसलले यो सबै प्रक्रियाको अन्त्य गरि पुरानै नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) लाई नै वैध घोषणा गरेको छ ।

सर्वोच्चको यो फैसलासँगै नेकपाका नेताहरुको पद नै धरापमा पर्ने कानुनविद् बताउँछन् । यद्यपि निर्वाचन आयोगमा नेकपा एमाले भने अरु कसैले दर्ता गरिसकेको छ ।
दल विभाजन सम्बन्धी कानुनमा दलको केन्द्रीय समितिमा र संसदमा ६० र ४० रहनुपर्ने भएको छ । तर अहिलेको अवस्थामा माधवकुमार नेपाल र झलनाथ खनालहरुसँग कतै पनि ६० र ४० प्रतिशत पुरा हुने अवस्था देखिदैन ।

त्यसैले पार्टीले निर्णय गरेको खण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँगै समानुपातिका सांसदको पद धरापमा पर्न सक्छ । सर्वोच्च अदालतको निर्णयले अलि बढी क्षति प्रचण्ड–नेपाल समुहलाई रहने भएपनि ओली समुहलाई पनि उत्तिकै क्षति पुग्ने सम्भावना छ । ओली समुहमा लागेको मन्त्रिहरु रामबहादुर थापा, टोप बहादुर रायमाझीलाई पनि उत्तिकै संकट पर्ने देखिन्छ । सर्वोच्चको फैसलासँगै नेपाली राजनीतिमा नयाँ खालको तरंग आउने देखिन्छ

कमेन्टहरु
Loading...