राष्ट्रिय सरकार बन्ने ग्यारेन्टी नभएसम्म सत्ता नछाडने–मन्त्री रायमाझी

पोखरा, ८ पुस/ शान्ति तथा पूर्न निर्माण मन्त्री टोपबहादुर रायमाझीले बर्तमान सरकारले राजीनामा दिएपछि राष्ट्रिय सहमतीय सरकार बन्छ भन्ने ग्यारेन्टी नभएसम्म सत्ता नछाडने बताउनु भएको छ । राजीनामा दिएपछि राष्ट्रिय सहमती हुन्छ भन्ने ग्यारेन्टी के हो भन्ने सरकार पक्षलाई लागेको छ, त्यसैले राजीनामा दिदैनौ उहाँले भन्नुभयो ।

पोखरा रगंशालामा आइतबारदेखि सुरु भएको कास्की जिल्लास्तरीय खेलकुद महोत्सवको उद्घाटन पछि पत्रकाहरुसंग राकानी गदै मन्त्री रायमाझीले सरकारै निकासको मुख्य चिज हो भने सरकार त छदै छ, अर्को सरकार किन चाहियो उहाँले भन्नुभयो यो सरकारले निकास दिन सकेन भन्ने हो भने अर्को सरकारले कसरी निकास दिन्छ भन्दै प्रश्न गर्नुभयो । यो सरकारले निकास दिन सकेन भन्ने हो भने अव बन्ने सरकारले निकास दिन्छ भन्ने ग्यारेन्टी हुनुपर्ने मन्त्री रायमाझीले बताउनु भयो ।

बर्तमान सरकारलाई राष्ट्रिय सहमती बनाउन प्रतिपक्षले सहयोग नगर्ने र प्रतिपक्षका नेता सहभागि नहुने हो भने सरकार पक्ष प्रतिपक्षको सरकारमा कसरी सहभागी हुने । बर्तमान सरकार लोकतान्त्रिक र वैधानिक रुपमा जिम्मेवार र आधिकारीक भएकाले, त्यो सरकार ढालेर अर्को सरकार बन्ने संवैधानिक र कानुनि आधार नभएको बताउनु भयो ।

कमेन्टहरु
Loading...