सरकार नेतृत्व हस्तान्तरण गर्न आतुर मन्त्री पौडेल

सागर राज तिमिल्सिना
पोखरा, २४ पुस/शिक्षा, सामान्य प्रशासन, सूचना तथा संचार मंत्री माधव पौडेलले सरकार नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको वताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) कास्कीको २४ औं प्याव्सन दिवसको आयोजीत सम्मान कार्यक्रमा पौडेलले सरकारले आफुले पाएको जिम्मेवारी पुरागरि सेकेको बताउदै जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर जिम्मेवारी मुक्त हुनचाहेको बताए ।

pabson 24अहिलेको सरकार डुव्न लागेको घाम जस्तैको अवस्थामा भएको बताउदै छिटो भन्दा छिटा जननिर्वाचित सरकारलाइ सत्ता हस्तान्तरण गर्न चाहेको बताउदै दुई महिना वितिसक्न लाग्दा पनि सरकार बन्ने तरखर नदेखिएको बताए । मन्त्री पौडेलले अहिले पनि नेपाल निरक्षरको संख्या ३० प्रतिशत रहेको बताउदै त्यसलाई २ वर्षमा १० प्रतिशतमा झार्ने लक्ष्य रहेको बताए । सरकारले शिक्षा क्षेत्रमा वजेटको १६ प्रतिशत लगानी गरे पनि लगानीको प्रर्तिफल प्राप्त हुन नसकेको बताए ।

शिक्षा क्षेत्रमा ८० अर्व लगानी भएपनि त्यसको नतिजा उत्साहजनक नभएकोमा चिन्ता व्यक्त गदै सरकारले नयाँ कार्ययोजना ल्याउन लागेको बताए । उनले शिक्षामा नीजि र सरकारी गरि दुई खाले शिक्षा प्रणालीको विभेद अन्यका लागी सरकारले नयाँ योजना अगाडी ल्याउन लागेको बताए । उनले नीजि विद्यालयहरुले अनुुभव र स्केललाई सामुदायीक विद्यालयमा पनि प्रयोग गर्ने गरि योजना ल्याउन लागेको बताए ।

कार्यक्रममा संविधानसभाका सदस्य द्धय यज्ञ वहादुर थापा र रवीन्द्र अधिकारी, प्याव्सनका केन्द्रिय सदस्य वीर बहादुर बुढाथाकी, शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संन्जिव बहादुर कोइराला, अभिभावक संघका अध्यक्ष हेमराज बराल लगायतले सामुदायिक विद्यालयको शैक्षिकस्तर माथि उठाउन निजी विद्यालयलले सहयोग गर्नु पर्ने बताएका थिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन ) कास्कीको २४ औं प्याव्सन दिवसको अवसरमा २५ शैक्षिक सत्र पूरा गरेका १० निजी विद्यालयलाई सम्मान गरेको छ । सम्मानीत हुने विद्यालयमा अल्फा बोर्डिङ स्कुल, बालोदय उमावि, डायमण्ड उमावि, ज्योतिकुञ्ज बोर्डिङ स्कुल, मर्निङस्टार एकेडेमी, शिशुकल्याण बोर्डिङ स्कुल, लोटस एकेडेमीक, मेरीगोल्ड बोर्डिङ स्कुल, स्टेप बाई स्टेप उमावि र नीलगिरि बोर्डिङ स्कुल रहेका छन् ।

कमेन्टहरु
Loading...