कङ्गयूर पाठ तथा तानागघोसुम पुजामा दानगर्नेहरुको घुइचो

पोखरा ०८ पुस/पुस १ गते देखि टांसी छ्योएलिङ्ग गुम्बामा जारी तानागघोसुम तथा कङ्गयूर पाठमा भोजन दाताहरुको घुइचो लागेको हो । ल्होसारको अवसरमा आयोजित १० दिने कङ्गयूर पाठमा तानागघोसुम पुजा गरी दान गर्नाले आफ्नो ग्रहदशा ठीक हुने मान्यताका साथ दानगर्नेहरुको घुइचो लागेको गुम्बाका लामागुरु आम्ची गोपाल लामाले जानकारी दिनुभयो ।

ढुल ल्होसार सर्प वर्गको अवसरमा यो वर्ष सर्प वर्गहुनेहरुका लागी अशुभ ग्रंहको शान्तिको लागी विभिन्न ३ हिंस्रक जनावारहरुको टाउकोको प्रतिमा बनाइ तानागघोसुम पुजा गरी दान गर्नाले ग्रह शान्ति हुने मान्यताअनुसार दाताहरुले आफुले सक्दो दान गर्ने गरेको गुम्बाले जनाएको छ ।

आइतबार मात्रै १ दर्जन भतmजनहरुले भोजनदान तथा खाजा दान गरेका छन । आइतबार तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले आफ्नो छोरा र छोरीको नाममा तानागघोसुम पुजा गरी भोजन दान गरेको वताउनुुभयो । उहाले भन्नुभायो सधैको वर्ष ल्होसारको अवसरमा तानागघोसुम पुजा तथा कङ्गयूर पाठमा सहभागी भइ आफ्नो परिवारमा सुखद शान्ति छाओस भनी भोजन दान गर्दै आएको र यो वर्ष पनि त्यसलाइ निरन्तरता दिएको हु ।

त्यस्तै भोजनदानमा घान्दु्रक तमु समाजका रानीपौवाका अध्यक्ष नर वहादुर गुरुङ्ग, हिमालय टोलका पूर्ण कुमारी गुरुङ्ग, रामघाट १० का जीतमाया गुरुङ्ग, पोखरा ८ शिवालयका अमर प्रसाद गुरुङ्ग, बुद्धचोक शान्तिमार्गका धन शुब्बा गुरुङ्ग, मिलनटोलका दिल वहादुर गुरुङ्ग , पोखरा ३ नदीपुरका कुल प्रसाद गुरुङ्ग, किसन कुमारी गुरुङ्ग र पदम गुरुङ्गले भोजन दान गर्नुभएको छभने पार्दीका धनवहादुर गुरुङ्ग, चापापानीका नन्द कुमारी गुरुङ्ग, लेखनाथ सैनिक बस्तीका भिम वहादुर गुरुङ्ग, नयाबजारका डिलवहादुर गुरुङ्ग, माछापुच्छ«े गाविस घाचोकका लिला देवी गुरुङ्ग र अमरसिंह १० का धिरवहादुर गुरुङ्गले खाजा दान गर्नुभएको छ । हाल सम्म ५ सय जनाले अन्नदान गरिसकेको गुम्बाले जनाएको छ ।

हिंस्रक जनावार सिंह, घमण्डी जनावर सांढे र फोहोरी जनावार सुँगुरको टाउकोको प्रतिमा बनाइ थत आइतबार पोखरा १० बुद्धशान्तिमार्गमा रहेको टा.सी छ्योएलिङ्ग गुम्बामा जारी तानागघोसुम पुजा तथा कङ्गयूर पाठमा शनिबार मात्रै ९ सय वढी भतmजनहरुले सहभागीता जनाएका हुन ।

८ दिन सम्म आइपुग्दा हजार भन्दा वढी भतmजनहरुले सहभागीता जनाइसकेका छनभने नेपालका विभिन्न गुम्बाका ५० जना लामाहरुद्धारा कङ्गयूर पाठ गरिरहनुभएको छ ।

कमेन्टहरु
Loading...