संविधानसभा बैठकसम्वन्धी मुद्धा विशेष इजलासमा

 काठमाडौं , २३ पुस/सर्वोच्च अदालतले मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभा बैठक आब्ह्वान गर्नु पर्ने माग गर्दै दायर रिट विशेष इजलासमा पठाएको छ । साथै अन्तरिम आदेश जारी किन नगर्ने भन्दै २९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ ओदश जारी गरेको छ ।

राष्ट्रपतिले आब्ह्वान गर्नु पर्ने भन्दै परेको रिटमा भने सर्वोच्चको अर्को इजलासले लिखित जवाफ माग्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे दुबै पक्षलाई बोलाएर २४ गते सुनुवाईको मिति तोकिसकेको छ ।

मन्त्रिपरिषद् अध्यक्षले नै संविधानसभाको पहिलो बैठक आब्ह्वान गर्नु पर्ने माग गर्दै मुकुन्द अधिकारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाश वस्तीको इजलासले निवेदनको माग बमोजिम किन अन्तरिम आदेश जारी नगर्ने भन्दै २९ गते वा सो अगावै लिखित जवाफ पेश गर्न मन्त्रिपरिषद्सहितका विपक्षीका नाममा कारण देखाउ ओदश जारी गरेको हो । आदेशमा निर्वाचन परिणाम घोषणा भएको २१ दिनभित्र संविधानसभा बैठक आब्ह्वान गरिसक्नु पर्ने भएकाले २९ गते नै पूर्र्ण सुनुवाईका लागि पेश गर्न भनिएको छ ।

कमेन्टहरु
Loading...