२४ औं प्याब्सन दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल खेल

पोखरा, २३ पुस। २४ औं प्याब्सन दिवसको अवसरमा प्याब्सन कास्कीका पदाधिकारी र पोखरा उद्योग वाणिज्य सङ्घबीच म·लबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो। प्याब्सन दिवसको तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन म·लबार भएको अञ्चल प्रहरी कार्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा पोखरा उद्योग वाणिज्य सङ्घले प्याब्सन कास्की पदाधिकारी टीमलाई ५–३ ले पराजित ग¥यो।

प्याब्सन कास्कीका अध्यक्ष चिनुरानाभाट र पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले रेफ्री शम्भु केसीलाई संयुक्तरूपमा बल हस्तान्तरण गरेर खेल सुरु भएको थियो। सो अवसरमा एकआपसमा मायाको चिनो साटासाट गरिएको थियो। समापनमा प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले खेललाई हार र जीतको रूपमा भन्दा पनि दुवै स·ठनबीच सम्बन्ध विस्तारको लागि आयोजना गरिएको बताए।

कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार लेखनाथ नगरपालिका–१३ तल्लो गगनगौंडा लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धवृद्धालाई लत्ता कपडा वितरण गरिएको थियोे। कार्यक्रमको अन्तिम दिन पुस २४ गते सूचना, सञ्चार तथा शिक्षा मन्त्री माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम शिक्षाविद् एवं शिक्षासँग सरोकारवाला सङ्घसंस्थासँग अन्तरक्रिया गर्ने रहेको छ।

सोही अवसरमा २५ वर्ष पूरा गरेका प्याब्सनसँग आवद्ध १० वटा विद्यालयलाई सम्मान गरिने भएको छ। यसरी सम्मान पाउने विद्यालयमा अल्फा बोर्डिङ स्कुल, बालोदय उमावि, डायमण्ड उमावि, ज्योतिकुञ्ज बोर्डिङ स्कुल, मर्निङस्टार एकेडेमी, शिशुकल्याण बोर्डिङ स्कुल, लोटस एकेडेमीक, मेरीगोल्ड बोर्डिङ स्कुल, स्टेप बाई स्टेप उमावि र नीलगिरि बोर्डिङ स्कुल रहेका छन्।

कमेन्टहरु
Loading...