पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु, पुरुष तर्फ पश्चिमाञ्चलको विजयी शुरुवात

पोखरा, २३ पुष/पोखरामा आज देखि प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पीयनसिप २०७० अन्तर्गत ७ औं महिला तथा १६ औैं पुरुष राष्ट्रिय ह््याण्डवल प्र्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार विहान भएको पुरुष तर्फको पहिलो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ११ का विरुद्ध ४७ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दोस्रो खेलमा मध्यपश्चिमाञ्चलले पुर्वाञ्चललाई १८ का विरुद्ध २१ गोल अन्तरले पराजित ग¥यो ।

handball pokharaअर्को खेलमा विभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ)ले नेपाल आर्मीलाई १८ को बिरुद्ध १९ गोल अन्तरले पराजित गरेको हो । पश्चिमाञ्चलले अर्को खेलमा मध्यपश्चिमाञ्चललाई ५ को बिरुद्ध ३५ गोल अन्तरले पराजित गरेको हो । यो जितसंगै पश्चिमाञ्चलले एकै दिनाम दुई खेलमा जित हासिल गरेको हो । यस्तै महिला तर्फको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफले पश्चिमाञ्चललाई ७ का विरुद्ध १८ गोलले पराजित ग¥यो । दोस्रो खेलमा सुदुरपश्चिमाञ्चललाई मध्यमाञ्चलले १ का विरुद्ध ११ गोल अन्तरले पराजित ग¥यो । एपिएफले सुदुरपश्चिमाञ्चललाई २ को बिरुद्ध १९ गोल अन्तरले पराजित गर्यो ।

महिलातर्फको मंगलवार भएको अन्तिम खेलमा मध्यपश्चिमाञ्चलले पुर्वाञ्चललाई ११ बिरुद्ध १८ गोल अन्तरले पराजित गर्यो । बुधबार पनि लिग चरणका महिला तथा पुरुषतर्फका खेलहरु हुने भएको संघले जनाएको छ । पुष २६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विभागिय सहित ७ टिमको सहभागिता रहेको आयोजक नेपाल ह््याण्डबल संघले जनाएको छ । प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच टिम सहित नेपाल आर्मी र सशस्त्र प्रहरी वल सहित ७ टीमको सहभागिता रहेको छ् । राष्ट्रिय खेलकुद परिषदको तत्वाधानमा, कास्की जिल्ला ह्याण्डबल संघ र कास्की जिल्ला विद्यालय ह्याण्डबल संघको विशेष सहयोगमा संचालन भएको प्रतियोगितामा पुर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलका पाँच विकास क्षेत्रबाट एक एक टिम सहभागि भएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप २०७० यही पुष १५ गतेदेखि माघ १५ गतेसम्म देशका विभिन्न ठाँउमा विभिन्न खेलहरु आयोजना हुदैछन । विजेता टीमलाई ट्रफी मेडल र प्रमाण–पत्र प्रदान गरीने भएको छ । यसै विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उक्त प्रतियोगिताको उद्घाटन गर्दै पोखरा रंगशालालाई खेलकुदको केन्द्र बनाउने बताए । पर्यटकीय दृष्टिले तथा खेलकुदको राम्रो सम्भावना भएकोले पनि पोखरामा विभिन्न खेलको लागि कवर्डहल तथा खेल मैदानको भौतिक संरचना निमार्ण गर्न आफुहरु लागि परेको लामाले बताए ।

२ हजार दर्शक क्षेमताको कवर्डहल निमार्ण हुदै गरेको तथा पोखराको क्रिकेटको लागि केहि योजना अघि बढेको सदस्य सचिव लामाले बताए । खेलकुदका नारा सार्थक पार्न जवसम्म बिद्यालयस्तरबाट खेलगतिविधि अघि बढ्न सक्दैन तवसम्म खेलको विकास असम्भव भएको लामाले बताए । स्कुल ओलम्पीक अभियान सुरु गरेकोले यस योजनाले खेलकुदको राष्ट्रिय जागरण ल्याउने लामाले दाबी गरे । संघका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल बिद्यालय ह्याण्डवल संघका उपाध्यक्ष मिन गुरुङ, सचिव खिम गुरुङ, कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष शेरबहादुर गुरुङ, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईराला लगायतले बालेका थिए ।

कमेन्टहरु
Loading...